१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

छालमा उछाल

पानीको तीव्र बहावका कारण नेपालका नदीहरू साहसिक यात्राका लागि विश्वमै आकर्षक गन्तव्य मानिन्छन्  । नेपालका नदीहरूमा सन् १९८० को दशकबाट व्यावसायिक र्‍याफ्टिङ सुरु भएको थियो  ।

छालमा उछाल

नदीहरूमा बनाइएका बाँधले साहसिक जलयात्रालाई कठिन बनाउँदै लगेको छ । सुरुमा खुबै चलेको माथिल्लो भोटेकोसीमा बाँधकै कारण र्‍याफ्टिङ असम्भव भइसकेको छ ।


हरेक वर्ष मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बरसम्म यहाँका नदीहरूमा र्‍याफ्टिङ गर्न हजारौं पर्यटक आउने गर्छन् । अन्य समयमा भने र्‍याफ्टिङ गर्नेहरू कमै भेटिन्छन् । जलयात्रा गर्ने स्वदेशीको संख्या पनि बढिरहेको छ । यहाँ एक–दुई दिनमै पूरा गर्न सकिने चल्तीका र्‍याफ्टिङ रुट धेरै छन्, जहाँ गर्मी सुरु भएसँगै भीडभाड बढ्ने गरेको छ । साहसिक बनाउने बहानामा हप्तौंसम्म र्‍याफ्ट हाँक्नेहरू पनि बढिरहेका छन् । जलयात्रा गराउने रिभरगाइडमा पनि नेपालीकै माग विश्वमै उच्च रहेको छ । खेलका रूपमा भने औपचारिक रूपमा बल्ल नेपाली टिम दोस्रोपल्ट विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेको छ ।

चल्तीका र्‍याफ्टिङ रुट

तमोर
मूलघाट–चतरा
१ दिन
दोभान–चतरा
६ दिन

तल्लो अरुण
नुम पुल–चतरा
४ दिन

तल्लो दूधकोसी
नाम्चे बजार–चतरा
५ दिन

सुनकोसी
दोलालघाट–चतरा
८ दिन

तल्लो भोटेकोसी
खाडीचौर–सुकुटे बिच
१ दिन

त्रिशूली
बेनीघाट–चरौंदी
चरौंदी–कुरिनघाट
१–२ दिन

माथिल्लो सेती
मार्दी दोभान–याम्दी
१ दिन

तल्लो सेती
दमौली–गाईघाट
२ दिन

कर्णाली
तल्लो ढुंगेश्वर–चिसापानी
८ दिन

भेरी
सम्झीघाट–चिसापानी
३ दिन

कालीगण्डकी
मालढुंगा–भिर्मी
३ दिन

माथिल्लो मर्स्याङ्दी
खुदी खेला–बेनी बाँध
१ दिन

तल्लो मर्स्याङ्दी
पाउँदी–विमलनगर
१ दिन

बूढीगण्डकी
आरुखेत–बेनीघाट
२ दिन

सेती कर्णाली
गोपघाट–चिसापानी
५ दिन

प्रकाशित : वैशाख २०, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?