मोबाइलजस्तै टीभी

कान्तिपुर संवाददाता

मोबाइल निर्माणका लागि चर्चित कोरियन कम्पनी सामसङले मोबाइलजस्तै टीभी सार्वजनिक गरेको छ  । यसलाई मोबाइलजस्तै तेर्सो र ठाडो रुपमा प्रयोग गर्न सकिन्छ  ।

‘सेरो’ नाम दिइएको ४३ इन्चको टेलिभिजनमा सामसङको बिक्सबाई सपोर्ट पनि रहनेछ । आगामी महिनादेखि कोरियामा सेरा टीभीको बिक्री सुरू हुने सामसङले जनाएको छ । त्यसपछि अन्य देशमा पनि बिक्री गरिनेछ । सामसङले पछिल्लो समय टेलिभिजनमा नयाँ–नयाँ प्रयोग गरिरहेको छ । उसले गत वर्ष काठको फ्रेम भएको टेलिभिजन ल्याएको थियो । टेलिभिजन प्रयोग नभएको अवस्थामा विभिन्न पेन्टिङजस्ता तस्बिर देखाउन मिल्ने उक्त टेलिभिजनको विशेषता थियो । टेलिभिजन प्रयोग नहुँदा पनि स्क्रिन पेन्टिङजस्तो देखियोस् भनेर त्यस्तो गरिएको थियो ।

Citizen

प्रकाशित : वैशाख २०, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फेसबुक अब सेतो

कान्तिपुर संवाददाता

वर्षौंदेखि फेसबुकको प्रिय रङ नीलो थियो  । अब फेसबुकले आफ्नो रङ परिवर्तन गर्ने गत साता सम्पन्न डेभलपर कन्फ्रेन्समा घोषणा गरेको छ  ।

कम्पनीले आफ्नो नयाँ डिजाइन सार्वजनिक गर्दै मुख्य रङ सेतो बनाउने भएको छ । फेसबुकले परिवर्तन गरेको रङ मात्रै होइन, प्रयोगकर्ताले फेसबुक प्रयोग गर्दा प्राप्त हुने अनुभव नै परिवर्तन गरेको छ । यो डिजाइन प्रयोगकर्ताको लागि नौलो त छ नै, पहिलेभन्दा भिन्न र सहज अनुभव हुने खालको पनि छ । पछिल्लो समय फेसबुकमा धेरै गज्याङगुजुङ जस्ता मेनु र पोष्ट देख्नेहरूका लागि फेसबुकको नयाँ डिजाइन केही फरक महसुस हुनेछ । यो डिजाइन हेर्दा सफा र सहज देखिन्छ ।

प्रकाशित : वैशाख २०, २०७६ ११:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्