मेसीको कीर्ति

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले सब्स्टिच्युटका रूपमा मैदानमा प्रवेश गर्दै निर्णायक गोल गरेपछि लेभान्तेलाई १–० ले हराएर शनिबार बार्सिलोनाले स्पेनी ला लिगाको उपाधि रक्षा गर्‍यो  । घरेलु लिगमा बार्सा २६ औंपल्ट च्याम्पियन भएको हो  ।

मेसीको कीर्ति

मेसी कीर्तिमान दसौंपल्ट लिग च्याम्पियन बने । सन् २००४ देखि सिनियर तहमा खेल्न थालेका मेसीले क्लब फुटबलमा ३४ उपाधि जितेका छन् र यो पनि कीर्तिमान नै हो । यो सिजन तीन उपाधि जित्ने क्रममा रहेका ३२ वर्षीय उनको क्लब फुटबलको करिअर :

क्लब ः बार्सिलोना
कुल उपाधि ः ३४
स्पेनी ला लिगा ः १०
कोपा डेल रे ः ६
स्पेनी सुपरकप ः ८
युरोपेली च्याम्पियन्स लिग ः ४
युरोपेली सुपरकप ः ३
फिफा क्लब विश्वकप ः ३

प्रकाशित : वैशाख २०, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?