ट्वीटरमा कोट रि–ट्वीट गर्दा यसअघि अक्षर लेख्न मात्रै पाइन्थ्यो । अब भने फोटोसहित भिडियो र जआईएफ पनि प्रयोग गर्न सकिने भएको छ ।
ट्वीटरले एन्ड्रोइड र आईओएस दुवै एपमा यो फिचर सुरु गरेको छ । प्रयोगकर्ताले यसै सातादेखि यो फिचर देख्न थालेका छन् । यो फिचरले ट्वीटर प्रयोगकर्तालाई अझ बढी सिर्जनशील तरिकाबाट कोट रि–ट्वीट गर्ने अवसर मिल्नेछ । यो सुविधा डेस्कटपमा भने तत्काल छैन ।