२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

संकटमा साख

 
स्थापक, प्रमुख कार्यकारी, सञ्चालक समिति अध्यक्ष र अधिकांश सेयरका मालिक  । मार्क जुकरवर्ग कति शक्तिशाली छन् भन्ने थाहा पाउन यी विशेषणहरू पर्याप्त छन्  ।

संकटमा साख

संसारकै सबैभन्दा बढी प्रयोगकर्ता भएको र संसारमा सबैभन्दा बढी मानिसकलाई प्रभाव पारेको सामाजिक सञ्जाल कम्पनीमा उनले यी सारा पद ओगटेका छन् । फेसबुकको व्यापकताका कारण उनीको दबदबा कम्पनीभित्रै मात्रै नभएर सार्वजनिक जीवनमा पनि उत्तिकै छ ।


संसारभर अहिले निर्माण भएका सूचना र प्रविधिसँग सम्बन्धित कानुन उनकै कम्पनीलाई आधार मानेर तयार भइरहेका छन्, सबैको ध्यानमा उनी छन् । कुनै कम्पनीका संस्थापक भनौं वा मालिक यिनी शक्तिशाली सायदै थिए । फेसबुक आफ्नो फरिचयका लागि जति शक्तिशाली छ, त्यति नै शत्तिशाली छन् यसका मालिक जुकरवर्ग ।


जुकरवर्ग जति शक्तिशाली पदले देखिन्छन्, त्यो सधैं नहुन सक्छन् किनकि उनको क्षमतामा धेरै प्रश्न उठ्न थालेको छ । फेसबुकले अहिले भोग्दै आएको समस्या नभइदिएको भए सायदै उनलाई कसैले प्रश्न गर्ने थियो तर अहिले उनी प्रश्नबाट चोखा छैनन् । फेसबुकको वर्तमान सरल रेखामा हिँडिरहेको छैन । प्रयोगकर्ताको गोपनियतालाई लिएर कम्पनी गम्भीर नभएको आरोप सर्वत्र छ । यो आरोप लागेको धेरै समय भइसकेको छ । बरु, पछिल्लो समय आरोप कम्पनीलाई मात्रै नभएर जुकरवर्गतिर पनि सोझिएको छ । मानिसहरू भन्छन्– सबै पद ओगटेका जुकरवर्ग यो समस्या समाधानका लागि योग्य छैनन् कि ?


फेसबुकले प्रयोगकर्ताको गोपनियताको सम्मान गर्न नसकेको जुकरवर्गले पटकपटक भनिसकेका छन् । गत साता सम्पन्न भएको फेसबुकको वार्षिक डेभलपर कन्फ्रेन्समा भने उनको यो कुरा झन् प्रस्टसँग स्विकारे । उनी भन्छन्, ‘मलाई थाहा छ, गोपनियताको विषयमा हाम्रो त्यति राम्रो चरित्र छैन ।’ सान जोसेमा भएको फेसबुकको यो सम्मेलनमा उनले दर्शकदीर्घामा रहेकाहरू हाँसुन् भन्ने हिसाबले यो वाक्य बोलेका थिए । तर, त्यहाँ उपस्थित कोही पनि हाँसेनन् किनकि फेसबुकले पछिल्ला वर्षमा सचेत प्रयोगकर्ताको मन साँच्चै दुखाएको छ ।


यो कम्पनीसँग रिसाउने सबैभन्दा बढी मानिस अमेरिकामै छन्, जहाँ कम्पनीको मुख्यालय पनि छ । अहिले अमेरिकाको फेडरल ट्रेड कमिसन र फेसबुकबीच कति जरिवाना तिर्ने भन्ने विषयमा वार्ता पनि भइरहेको छ । अमेरिकी निकायले फेसबुकलाई अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने तयारी गरेको छ । फेसबुकले पनि आफ्ना लगानीकर्तालाई ट्रेड कमिसनलाई तिर्ने जरिवानास्वरूप ३ अर्ब अमेरिकी डलर विनियोजन गरेको जानकारी गराएको छ । ट्रेड कमिसनले फेसबुकलाई किन जरिवाना गराउन खोजेको हो भन्ने कारणबारे पूर्ण विवरण बाहिर आइसकेको छैन । धेरै मान्छेको बुझाइ छ, फेसबुकले प्रयोगकर्ताको गोपनियतामा धेरै नै खेलबाड गरेको आरोपमा यो जरिवाना तिराउने तयारी भइरहेको छ ।


प्रकाशित समाचारहरूलाई आधार मान्ने हो भने अमेरिकी निकायले फेसबुकभित्र उपभोक्ताको गोपनियताको विषयमा सर्वेक्षणका लागि सरकारी कर्मचारीलाई राख्न दिनुपर्ने माग गरिरहेको छ र गोपनियताको विषयमा संवेदनशील व्यक्तिलाई कम्पनीको उपल्लो तहमा नियुक्त गर्नुपर्ने बाध्यकारी उर्दी जारी गर्दै छ । योबाहेक कम्पनीले उपभोक्ताको गोपनियताको अधिकार हनन गरे यसका प्रभावशाली मालिक जुकरवर्गलाई व्यक्तिगत रूपमा जिम्मेवार बनाउने गरी पनि निर्णय सुनाउन सक्छ । गत वर्ष क्याम्ब्रिज एनालिटीका विवादपछि यसका सेयरधनीहरूले मार्क जुकरवर्गले प्रमुख कार्यकारी र सञ्चालन समिति अध्यक्ष दुवै पद लिन नहुने भन्दै प्रस्ताव राखेका थिए । तर कम्पनीमा जुकरवर्गकै सेयर स्वामित्व बढी भएकाले यस्ता प्रस्ताव पास भएनन् । यस्ता प्रस्ताव राख्नेहरूले भने सार्वजनिक रूपमै आफ्नो प्रस्तावबारे खुलेर बोलिसकेका छन् । केही सेयरधनीहरू जुकरवर्गले प्रमुख कार्यकारी पद लिए पनि अध्यक्ष पद छाडुन् भन्ने चाहन्छन् ।


जुकरवर्गले सन् २०१५ मा पहिलो सन्तान प्राप्तिको खुसी बाँड्दै बिस्तारै फेसबुकको दैनिकी कामहरू छाड्दै जाने घोषणा गरेका थिए । उनले आफूले भनेजस्तो काम गर्ने संकेत अहिलेसम्म गरेका त छैनन् बरु आफ्नो कम्पनीभित्रै लगानीकर्ताको विरोध खेप्न
थालेका छन् ।

हेलो शुत्रबार
[email protected]

प्रकाशित : जेष्ठ १०, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?