कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रेमको १ वर्ष

प्रियंका–निक जोडीले आफ्नो प्रेमको पहिलो वर्षगाँठ मनाएको छ । निकले आफूहरूबीचको सम्बन्ध दरिलो रहेको जानकारी दिन पनि वर्षगाँठको सदुपयोग गर्दै प्रियंकालाई सोसल साइटमार्फत प्रेमपक्र लेखे । जुन यतिबेला चर्चामा छ ।
हेलो शुक्रबार

 
अप्रिलको नयाँ अंकमा एक म्यागाजिनले आफ्नो कभर स्टोरीमा सनसनीपूर्ण खबर छाप्यो, भर्खर बिहे गरेका जोडी निक जोनास र प्रियंका चोपडाबीच वैवाहिक सम्बन्ध राम्रो छैन, छिटै डिभोर्स हुँदै छ  । अमेरिकी गायक निक र बलिउड अभिनेत्री प्रियंकाको सेलिब्रेटी जोडीका बारेमा आएको अप्रत्याशित खबरले धेरैलाई आश्चर्य चकित नै पार्‍यो  ।

प्रेमको १ वर्ष

पछि जोडीले खबर गलत मनसायले आएको भन्दै म्यागाजिनविरुद्ध मुद्दा हाल्ने धम्की पनि दियो । पछि गाइँगुइँ सुनियो, म्यागाजिनले अप्रिल फुल मनाएको रहेछ । तर हल्ला यति चर्को फैलिएको थियो कि अप्रिल फुलका कारणले भन्ने नै ओझेलमा पर्‍यो ।


यतिबेला भने प्रियंका–निक जोडीले आफ्नो प्रेमको पहिलो वर्षगाँठ मनाएको छ । निकले आफूहरूबीचको सम्बन्ध दरिलो रहेको जानकारी दिन पनि वर्षगाँठको सदुपयोग गर्दै प्रियंकालाई सोसल साइटमार्फत प्रेमपत्र लेखे । जुन यतिबेला चर्चामा छ । हालै फ्रान्सको कान्स फिल्म फेस्टिभलमा यो जोडी सँगै देखिएका थिए । त्यसो त यी दुईको प्रेमको बिजारोपण पनि यसअघिको कान्सबाटै भएको थियो । निकले इन्स्टाग्राममा कान्सकै बाल्कोनीमा बसेका आफूहरू दुईको फोटो सेयर गर्दै घतलाग्दो क्याप्सन लेखे ।


जसमा भनिएको छ, ‘एक वर्षअघि ठीक आजकै दिन, म केही साथीहरूसँग हलिउड फिल्म ब्युटी एन्ड द विस्ट हेर्न गएको थिएँ । ती साथीहरूमध्ये एक जना महिला थिइन्, जो पछि मेरो बेस्ट फ्रेन्ड भइन् । अनि बिस्तारै मेरो कन्फिडेन्ट बनिन्, मेरो प्रेरणा स्रोत हुँदै मेरी सुन्दर पत्नी बनिन् ।’ ३४ लाख बढीले लाइक र १२ हजार बढी कमेन्ट्स पाएको तस्बिरसहितको क्याप्सनमा अन्त्यमा लेखिएको छ, ‘दूर गन्तव्यका लागि निस्केको हाम्रो सहयात्राप्रति म धन्य छु । तिमीले हरेक दिन ममा मुस्कान ल्याइदिएकी छौं र मलाई मेरो जीवनको उत्कृष्ट भर्सन बनाउन प्रोत्साहित गर्दै आएकी छौं । आई लभ यु ।’


त्यसो त प्रतिउत्तरमा हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ स्टार प्रियंका पनि गायक निकलाई सर्वकालीन उत्कृष्ट पति भनी इंगित गर्दै लेखेकी छन्, ‘ह्याप्पी वन इयर लभ’ । मे महिनाको अन्तिमतिर पहिलोपटक भेटिएका यी दुईले डेट गरेको तीन महिना नबित्दै गत वर्षको अगस्टमा इङ्गेजमेन्ट गरेका थिए । र, डिसेम्बरमा हिन्दु र क्रिश्चियन धर्मअनुसार धुमधामले विवाह गरेका थिए । २६ वर्षीय निकभन्दा प्रियंका १० वर्षले जेठी छन् ।

[email protected]

प्रकाशित : जेष्ठ १७, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?