१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टिकटकको हार्डवेयर

टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले हार्डवेयर उत्पादन गर्ने घोषणा गरेको छ  । छोटो भिडियो सेयरिङ गर्ने एप टिकटक फरक विशेषताका कारण चर्चित छ  ।

टिकटकको हार्डवेयर

नेपाल, भारतसहित एसियाली मुलुकमा टिकटकले सन् २०१८ यता करोडौं प्रयोगकर्ता कमाएको छ ।
बाइटडान्सले विज्ञप्ति जारी गर्दै शिक्षाप्रद हार्डवेयर सार्वजनिक गर्ने घोषणा गरेको भए पनि थप केही खुलाइएको छैन । उसको यो घोषणालाई धेरैले स्मार्टफोन वा कम्प्युटर हार्डवेयरमा हात हाल्न खोजेको भनी बुझेका छन् । ७५ अर्ब अमेरिकी डलर मूल्यांकन गरिएको बाइटडान्स संसारको सबैभन्दा ठूलोमध्येको एक स्टार्टअप कम्पनी हो ।

प्रकाशित : जेष्ठ २४, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?