१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आइट्युन प्रतिस्थापन हुने

एप्पलले आफ्नो म्युजिक स्ट्रिमिङ र म्युजिकिङ लाइब्रेरी सुविधा दिने सफ्टवेयर आइट्युनलाई प्रतिस्थापन गर्ने घोषणा गत साता गर्‍यो  । आइट्युनलाई नयाँ एपमा राखिने एप्पले जनाएको छ  ।

आइट्युन प्रतिस्थापन हुने

आइट्युनलाई एप्पल म्युजिक, एप्पल पोडकास्ट्स र एप्पल टीभीले प्रतिस्थापन गर्नेछ ।
सन् २००१ बाट सञ्चालित आइट्युन आइफोन प्रयोगकर्ता र म्याक प्रयोगकर्ताका लागि मिडिया प्लेयर, म्युजिक लाइब्रेरी र अनलाइन रेडियो प्लेयरका रूपमा काम गर्दै आएको थियो । विन्डोज प्रयोगकर्ताका लागि भने यो जस्ताको तस्तै रहने एप्पलले जनाएको छ । उसले आफ्ना एपहरूको साइन इन गर्दा सोसल मिडिया र इमेलको प्रयोग गर्नु नपर्ने गरी विकल्प पनि अघि सार्ने घोषणा पनि गर्‍यो । यसले प्रयोगकर्ताको गोपनीयतालाई बलियो बनाउने धारणा छ ।

प्रकाशित : जेष्ठ २४, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?