कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

आईओएस थर्टिन

कति छिटो ? के सुधार ?

 
आइफोन प्रयोगकर्ताका लागि खुसीको खबर  । आइफोन उत्पादक कम्पनी एप्पलले अपरेटिङ सिस्टम आईओएसको नयाँ संस्करण घोषणा गरेको छ  ।

आईओएस थर्टिन

प्रयोगकर्ताले यसको प्रयोग गर्न केही महिना अझै कुर्नुपर्ने भएपनि उसले यसका प्रमुख विशेषताका बारेमा सोमबार जानकारी दिएको छ ।


हरेक वर्षजसो कम्पनीले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण घोषणा गर्दै आएको छ । हरेक पटकको संस्करण घोषणामा यसको नयाँ फिचरप्रति प्रयोगकर्तालाई चासो नहुने कुरै भएन । कम्पनीले अपरेटिङ सिस्टमको नयाँ संस्करण घोषणा गर्दा हरेक वर्ष भन्ने गरेझैं आईओएस थर्टिनको कार्यक्षमता अहिले सञ्चालनमा रहेको आईओएस ट्वेल्भको भन्दा छिटो रहनेछ । कति छिटो हुन्छ ?
कम्पनीकाअनुसार नयाँ संस्करण प्रयोगकर्ता फेस आईडी अनलक ३० प्रतिशतले छिटो हुनेछ भने एप लञ्च हुन लाग्ने समय दुई गुणा छिटो हुनेछ । तर आइफोनका सबै प्रयोगकर्ता अब आफ्नो फोन छिटो चल्नेछ भनेर खुसी हुनुपर्ने कारण भने छैन किनकि यो अपरेटिङ सिस्टम सिक्स एस र सोभन्दा पछिका आइफोनले मात्रै सपोर्ट गर्नेछ । अर्थात्, फाइभ एस र आइफोन सिक्स प्रयोग गरिरहेका ठूलो संख्याका प्रयोगकर्ता नयाँ अपरेटिङ सिस्टमको अपडेटबाट वञ्चित हुनेछन् । एप्पलले घोषणा गरेको नयाँ अपरेटिङ सिस्टमको अरु विशेषता :

डार्क मोड
आईओएस थर्टिनमा प्रयोगकर्ताले सबैभन्दा बढी अनुभूत गर्ने परिवर्तन यही हुनेछ । एप्पलले आईओएसको नयाँ संस्करणमा पूर्णतः डार्क मोडको सुविधा थपेको छ । डार्क मोड नोटिफिकेसन र एप्पलका एपहरूमा समेत कायम रहनेछ । डार्क मोड आईओएस सेभेनपछिको सबैभन्दा ठूलो भिज्युअल अपडेट हो ।

स्वाइपिङ किबोर्ड
आइफोनमा स्वाइपिङ किबोर्ड प्रयोगकर्ताले थर्ड पार्टी एप प्रयोग गर्नुपर्ने थियो । अबको आईओएस अपडेटमा भने प्रयोगकर्ताले किबोर्डमा पनि अपडेट पाउनेछन् जसमा स्वाइपिङ किबोर्डको सुविधा हुनेछ । स्विफ्टकी, स्वाइप वा गुगलको जिबोर्डजस्ता थर्ड पार्टी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता आइफोन प्रयोगकर्तालाई हुने छैन । एप्पलले आफ्नो स्वाइपिङ किबोर्ड फिचरलाई क्वीकपाथ नाम दिएको छ । यो ठूलो सुविधा नभए पनि स्वाइपिङ किबोर्डमा रुचि राख्ने आइफोन प्रयोगकर्ताका लागि भने खुसीको खबर हो ।

रिमाइन्डर एप
आईओएसको नयाँ संस्करणमा रिमान्डर एप पनि परिवर्तन हुनेछ । आईओएस थर्टिनमा रिमाइन्डर एपमा टुडे, सेड्युल, फ्ल्याग्ड र अलजस्ता विभिन्न अप्सन हुनेछ जसले आफ्नो व्यस्त कार्यतालिकालाई एपमार्फत व्यवस्थापन गर्न आइफोन प्रयोगकर्तालाई थप सहजता दिनेछ । रिमाइन्डर एपमा आफ्नो लिस्टमा भएका सम्पर्क नम्बरलाई ट्याग गर्न र एक निश्चित समयमा म्यासेज पठाउने सुविधा पनि प्राप्त हुनेछ ।

मेल, नोट र सफारीमा अपडेट
एप्पलले आफ्ना तीनै एपको डिजाइन परिवर्तन गरेको छ । प्रयोगकर्तालाई फरक–फरक तरिकाबाट मेल, नोट र सफारी प्रयोगको अनुभूति हुने गरी यसको डिजाइन परिवर्तन गरिएको हो । डिजाइन प्रयोगकर्तालाई यी चीज प्रयोगका लागि सहज हुने कम्पनीको दाबी छ ।

एप्पल म्याप
एप्पल म्यापमा प्रशस्त सुधार गरिएको भएपनि यो निश्चित सहरहरूमामात्र उपलब्ध हुनेछ । नेपाली प्रयोगकर्तालाई यो परिवर्तनबाट खुसीहुने ठाउँ
भने छैन ।

इडिटिङ टुल
एप्पलले नयाँ आईओएस अपडेटमा भिडियो इडिटिङ टुल पनि सुधारेको छ । यसअघि फोटोमामात्रै रहेको इडिटिङ सुविधा अब भिडियोमा पनि उपलब्ध हुनेछ । भिडियोमा प्रयोगकर्ताले कल ब्यालेन्स मिलाउने, सार्पनेस बढाउने र न्वाइज रिडक्सनजस्ता फिचरको प्रयोग गर्न पाउनेछन् । त्यसैले मोबाइलमा इडिट गरिने छोटा भिडियो बढी प्रभावकारी हुन सक्छन् ।

एक्सटर्नल स्टोरेज
आइफोन प्रयोगकर्ताले नयाँ अपरेटिङ सिस्टममा एक्सटर्नल ड्राइभबाट फाइलहरू आइफोनको फाइलएपमा इम्पोर्ट गर्ने सुविधा पाउने छन् । यो आइफोन प्रयोगकर्ताका लागि बढी चासो रहने सुविधा हो ।

हेलो शुक्रबार
[email protected]

प्रकाशित : जेष्ठ २४, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?