रेश्माको शट

कान्तिपुर संवाददाता

रेश्मा भण्डारी कोर्टभित्र आफ्ना सहकर्मीलाई ‘चियर अप’ गरिरहेकी हुन्छिन्, ‘फिल्ड पोजिसन’ मा ध्यान दिन्छिन्  । कोर्टमा उनी अघोषित नेताजस्तै देखिन्छिन्  ।

त्यसो त उनको पोजिसन नै त्यस्तै, ब्याक अलराउन्डर। पछिल्लो ७–८ वर्षदेखि घरेलु महिला भलिबलमा एकछत्र राज गरिरहेको विभागीय टोली एपीएफकी महत्त्वपूर्ण खेलाडी रेश्माको कोर्टभित्रको परिचय हो, यो।


कोर्टबाहिर पनि उनले अर्को परिचयको प्रयास गरेकी थिइन्, केही वर्षअघि। दुई वर्षअघि सुपर मोडल प्रतिस्पर्धामा सहभागी भएकी उनलाई भलिबल ‘क्वीन’ पनि भनिन्छ। पछिल्लो समय सामाजिक सञ्जालमा उनको चहलपहल बाक्लो छ। टिकटकमा उनको फलोअर १ लाख ९१ हजार बढी छ। उनको भिडियोमा २१ लाख बढी लाइक देखिन्छ। इन्स्टाग्राममा २ हजार बढी फलोअर्स छन्।


नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७५’ को पिपुल्स च्वाइस विधामा विजेता भएपछि रेश्माले न्यु डायमण्ड भलिबल क्लबका प्रशिक्षक कुमार राईलाई स्मरण गरिन्। प्रशिक्षक राईले नै उनलाई भलिबलमा आकर्षित गरेका थिए। उनले क्वीक स्पाइकरको पोजिसनमा २०६५ सालमा पाँचौं र ०६८ मा छैटौं राष्ट्रिय खेलकुदमा तत्कालीन मध्यमाञ्चलबाट सहभागिता जनाएकी थिइन्।


२०६८ सालमा एपीएफमा आबद्ध भएपछि रेश्माको करिअरले उचाइ लियो। ब्याक अलराउन्डरको परिस्कृत पोजिसनमा उनले आफूलाई यसरी प्रमाणित गरिन् कि लगातार एपीएफको सफलतामा उनले आफ्नो योगदान प्रस्टै देखिने गरी प्रदर्शन गरिरहेकी छन्। पाँच फिट ८ इन्च अग्ली २५ वर्षीया यी भलिबल सुन्दरीले राष्ट्रिय टोलीबाट खेल्न थालेको पाँच वर्ष भयो। तर, राष्ट्रिय टिमको प्रतियोगिता नै कम भइरहेको अवस्थामा उनले खेल्ने अवसर कमै पाएकी छन्।

प्रकाशित : असार २०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

माइक्रोसफ्ट एजमा नयाँ फिचर

कान्तिपुर संवाददाता

माइक्रोसफ्टले आफ्नो ब्राउजरमा नयाँ फिचर थप गरेको छ  । प्रयोग नगरेको वेबसाइटबाट ट्र्याक हुन प्रयोगकर्तालाई जोगाउने गरी ट्र्याकिङ प्रिभेन्सन फिचर सुरु गरेको हो  ।

अर्को ब्राउजर गुगल क्रोमले प्रयोगकर्तालाई ट्र्याक गर्ने गरी थर्ट पार्टी कुकिजलाई खुला छाडिएको आरोप लागिरहेका बेला माइक्रोसफ्ट एजले यस्तो फिचर ल्याएको हो ।
एजको नयाँ फिचर मोजिल्लाको इनह्यान्स ट्र्याकिङ प्रोटेक्सन फिचरजस्तै छ । मोजिल्लाले अघिल्लो वर्ष यो फिचर सुरु गरेको थियो । आफ्नो प्रयोगकर्ताको संख्या कम भए पनि माइक्रोसफ्टले एजमा नयाँ फिचर थप्ने क्रम जारी राखेको छ ।

प्रकाशित : असार २०, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्