एन्ड्रोइडको विकल्प !

कान्तिपुर संवाददाता

गुगलले तयार पारेको अपरेटिङ सिस्टम एन्ड्रोइड अहिले ८० प्रतिशत मोबाइलमा प्रयोग हुन्छ  । गुगलले एन्ड्रोइडको नवौं संस्करण पाई पनि सार्वजनिक गरिसकेको छ  ।

एन्ड्रोइड अपरेटिङ सिस्टमको विकल्पका रूपमा हेरिएको फुसिया अपरेटिङ सिस्टमको छुट्टै वेबसाइट तयार भएको छ । वेबसाइटमा गुगलले तयार पारिरहेको नयाँ अपरेटिङ सिस्टमबारे नयाँ जानकारीहरू पनि राखिएको छ ।


नयाँ अपरेटिङ सिस्टम मोबाइल, कम्प्युटर र ट्याब्लेटमा प्रयोग हुन सक्ने गरी तयार पार्न लागिएको हो । धेरै समयदेखि गुपचुपमा रहेको यो योजना सन् २०१९ को सुरुमै सार्वजनिक भएको थियो । सबै डिभाइसमा हुने समान अपरेटिङ सिस्टम बनाउने उद्देश्यसहित गुगलले फुसिया तयार पार्न लागेको हो ।

प्रकाशित : असार २०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

माइक्रोसफ्ट एजमा नयाँ फिचर

कान्तिपुर संवाददाता

माइक्रोसफ्टले आफ्नो ब्राउजरमा नयाँ फिचर थप गरेको छ  । प्रयोग नगरेको वेबसाइटबाट ट्र्याक हुन प्रयोगकर्तालाई जोगाउने गरी ट्र्याकिङ प्रिभेन्सन फिचर सुरु गरेको हो  ।

अर्को ब्राउजर गुगल क्रोमले प्रयोगकर्तालाई ट्र्याक गर्ने गरी थर्ट पार्टी कुकिजलाई खुला छाडिएको आरोप लागिरहेका बेला माइक्रोसफ्ट एजले यस्तो फिचर ल्याएको हो ।
एजको नयाँ फिचर मोजिल्लाको इनह्यान्स ट्र्याकिङ प्रोटेक्सन फिचरजस्तै छ । मोजिल्लाले अघिल्लो वर्ष यो फिचर सुरु गरेको थियो । आफ्नो प्रयोगकर्ताको संख्या कम भए पनि माइक्रोसफ्टले एजमा नयाँ फिचर थप्ने क्रम जारी राखेको छ ।

प्रकाशित : असार २०, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्