'आर यु स्योर'

कान्तिपुर संवाददाता

इन्स्टाग्राम केही समयदेखि धेरै तनावमा छ  । विशेषतः किशोरावस्थाका प्रयोगकर्ता बढी सक्रिय रहने फेसबुक स्वामित्वको यो प्लेटफर्मलाई अनलाइन बुली नियन्त्रण गर्नुपर्ने दबाब छ  ।

अनलाइनमा हुने बुलिङका कारण केही किशोरकिशोरीहरू डिप्रेसनको अवस्थामा पुगेको घटनाहरूपछि इन्स्टाग्रामलाई दबाब बढेको हो । इन्स्टाग्रामले ब्लगमार्फत सार्वजनिक गरेको जानकारीअनुसार कम्पनीले यस्ता बुली नियन्त्रणका लागि नयाँ टुलको विकास गरिरहेको छ । दुई चरणमा सार्वजनिक गरिने टुलले प्रयोगकर्तालाई बुलिङबाट बचाउने उद्देश्य राखेको छ । पहिलो टुलले इन्स्टाग्राममा कमेन्ट गर्ने प्रयोगकर्ताले कुनै दुरुत्साहित हुने शब्दहरू प्रयोग गरे पुनर्विचारका लागि आग्रह गर्नेछ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमार्फत प्रयोगकर्ताले प्रयोग गर्न सक्ने दुर्व्याच्य तथा दुरुत्साहन गर्न सक्ने शब्द पहिचान गर्न सक्ने बनाइने इन्स्टाग्रामले जनाएको छ । कुनै प्रयोगकर्ताले अरूको पोस्टमा नराम्रा शब्दहरू प्रयोग गरी कमेन्ट गर्न लागे यो टुलले प्रयोगकर्तालाई आर यु स्योर भन्दै पुनर्विचारका लागि समय दिनेछ । दोस्रो चरणमा सुरु गरिने अर्को टुलले भने प्रयोगकर्ताको कमेन्टमा आएका नराम्रा शब्दसहितका टिप्पणीलाई स्वतः हटाउन सहयोग गर्नेछ ।

प्रकाशित : असार २७, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्

हुवावेको होङमेङ

हेलो टेक
कान्तिपुर संवाददाता

चिनियाँ कम्पनी हुवावेलाई अमेरिकी सरकारले प्रतिबन्धित सूचीमा राखेपछि अमेरिकी कम्पनीले गत महिना आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइड प्रयोग गर्न नदिने निर्णय गरेको थियो  । तीन महिनाको म्याद दिइएको यो निर्णय कार्यान्वयन हुनुअघि नै हुवावेले राहत महसुस गरिसकेको छ  ।

अमेरिकी सरकारले यो निर्णय फिर्ता लिएर हुवावेलाई अमेरिकामा व्यापारका लागि सहजता दिने संकेत गरिसकेको छ । हुवावेले भने आफ्नै अपरेटिङ सिस्टम होङमेङको निर्माण र विकासलाई जारी राखेको छ । हुवावेले होङमेङ मोबाइल फोनका लागि मात्रै नभएर कम्प्युटर, इन्टरनेट अफ थिङ्स र स्वचालित कारमा समेत प्रयोग हुने दाबी गरेको छ । कम्पनीले सम्भवतः आफ्नो आगामी स्मार्टफोन मेट थर्टी वा पी फोर्टी सिरिजका स्मार्टफोनमा यसलाई प्रयोग गर्दै छ । यी स्मार्टफोनमा होङमेङ अपरेटिङ सिस्टमको नाम आर्क ओएसका रूपमा ब्रान्डिङ गर्ने तयारी छ । यो गुगलको अपरेटिङसिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत छिटो हुने हुवावेको दाबी छ ।

प्रकाशित : असार २७, २०७६ ११:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्