'सिक्ने बानी'

स्वस्तिमा आफू आश्वस्त भएर मात्र काम गर्छिन्  । उनमा निर्देशकको कुरा सुन्ने क्षमता र चाह रहेछ  ।

'सिक्ने बानी'

अभिनय सिकिसकें भन्ने घमण्ड छैन । मसँग काम गर्दा शून्यबाटै सुरु गरेकी थिइन्, सूक्ष्म शैलीमा पात्रलाई बुझ्न खोज्छिन् । कलाकारमा यो गुण अत्यावश्यक हुन्छ ।


चरित्रलाई ग्रहण गरेपछि बाहिरी सुन्दरतामा ख्याल नगर्ने उनको बानीबाट पनि म प्रभावित भए । चरित्रको खोजमा आफैं सक्रिय हुन्छिन् । चरित्र र कथासँग सम्बन्धित सयौं प्रश्न सोध्थिन्, जसले उनलाई पात्रलाई अपनाउन सहज बनायो । पात्रको हुलियाभन्दा बोलीचाली, मनोविज्ञान, व्यवहारलाई विशेष जोड दिनु उनको सकारात्मक पक्ष हो ।


उनलाई चित्त बुझाउन सकिएन भने तनाव हुन्छिन्, त्यो बानीचाहिँ सुधार्नुपर्छ । उनले चरित्रसँगै निर्देशक चयनमा ध्यान दिइन् भने अझ अगाडि बढ्न सक्छिन् । ब्रान्डिङ हुने फिल्मभन्दा अभिनय कुशलता देखाउन सक्ने फिल्म र निर्देशक रोज्दा प्रितकर हुन्छ । कलाकारका रूपमा उनी थप जिम्मेवार हुँदै जानुपर्छ । यसो गरिन् भने स्वस्तिमामा अथाह सम्भावना छ । दीर्घकालसम्म टिक्न सक्ने क्षमता छ उनीसँग ।

प्रकाशित : श्रावण ३, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?