युवा लक्षित योजना

नेपाल ‘स्पेस एरा’ मा प्रवेश गरिरहँदा यसका चुनौतीसँगै सम्भावना धेरै नै भएको राजेशले बताए  ।

मुलुकको आफ्नै बहुउपयोगी स्याटेलाइट भए आफ्नै ब्यान्डविथ प्रयोग गरेर सूचना तथा सञ्चार क्षेत्रमा काम गर्न सकिने र त्यसबाट धेरै रकम बाहिरनबाट जोगिने राजेशले बताए ।


उनीहरूको एउटै स्वर छ, ‘युवाहरूले अवसर आफैं सिर्जना गरौं भन्ने उद्देश्यका साथ स्पेसमा काम गरिएको हो । नेपालमा कसरी स्पेसमा काम गर्ने र अवसर सिर्जना गर्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।’ सुपरभाइजर राकेश भन्छन्, ‘स्पेसमा युवाहरूलाई आकर्षित गराउने उद्देश्य हो । अरूले पनि यस्ता साना स्याटेलाइट बनाउन् । बिस्तारै अपग्रेट भएर ठूला स्याटेलाइटहरू नेपालमै बनाउन सकियोस् ।’


पुल्चोक कलेजमा गत वर्षदेखि मात्र स्पेससम्बन्धी अध्यापन सुरु भए पनि सौरभले सन् २०१७ मा ओपन सोर्स क्युब स्याट वर्कसप, सिंगापुरमा भएको पहिलो एसिया पकेट वर्कसपमा पिको स्याटेलाइटसम्बन्धी प्रस्तुति दिइसकेका थिए । सौरभ, जितेन र राजेश यो अवस्थामा आइपुग्नुमा राकेश प्रजापतिको ठूलो हात छ । उनैले स्थापना गरेको ओरियन स्पेसबाट यी युवाहरूले आफ्नो प्रतिभा निखार्ने अवसर पाएका हुन् । उनी उतैबाट यी युवाहरूलाई उत्साह दिन्छन् ।


रोबेटिक्स नेपालद्वारा आयोजित ‘अटोमेटिक अखडा’ प्रतियोगितामा पहिलो भएको यो समूहले पैसा हालेर सेनिटरी प्याड निकाल्ने ‘प्याड भेन्डिङ मेसिन’ पनि बनाए । च्याउ खेतीका लागि चाहिने ओसिलोपनका लागि ‘ह्युमिडी फायर मेसिन’ बनाएर परीक्षण गरिरहेका छन् । ड्रोनबाट प्रदूषण मापनको परीक्षण गरिरहेका छन् ।

प्रकाशित : श्रावण ३, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?