३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इन्टेलमा एप्पलको सेयर !

कान्तिपुर संवाददाता

आइफोन निर्माता एप्पलले इन्टेलको मोबाइल मोडलको केही अंश खरिद गर्ने भएको छ  । गत साता एप्पल र इन्टेल दुवैले यसको घोषणा गरेका हुन्  ।

इन्टेलमा एप्पलको सेयर !

एप्पलले १ अर्ब अमेरिकी डलरमा इन्टेलको मोडल व्यापारको केही अंश खरिद गर्न लागेको हो । यससँगै इन्टेलका २ हजार बढी कर्मचारी पनि एप्पलमा भर्ना हुनेछन् ।


यस वर्षको अन्त्यतिर यो डिल टुंगिने अपेक्षा छ । इन्टेलको मोडमको केही अंश खरिद गरेसँगै एप्पलले आइफोनका लागि चिप बनाउन अन्य कम्पनीमा निर्भर हुनुपर्ने छैन । हालै इन्टेलसँग कपिराइटको विवाद टुंगिएको थियो । सहमति भएलगत्तै इन्टेलले आफ्नो मोबाइल मोडल व्यापारको केही अंश एप्पललाई बिक्री गर्न तयार भएको हो । यससँगै एप्पलले आगामी वर्ष सार्वजनिक गर्न लागेको ३ मोडलको आइफोनमा फाइभजी सपोर्ट गर्ने प्रविधि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : श्रावण १७, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?