१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

फोनमा ६४ मेगापिक्सेल क्यामेरा

कान्तिपुर संवाददाता

चिनियाँ स्मार्टफोन निर्माता साओमीले फोनमा प्रयोग गर्न मिल्ने ६४ मेगापिक्सेल क्यामेरा प्रविधि सार्वजनिक गरेको छ  । कम्पनीले निर्माण गरेको यो प्रविधिबारे यसअघि पनि चर्चा चुलिएको भए पनि यसै साता कम्पनीले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको हो  ।

फोनमा ६४ मेगापिक्सेल क्यामेरा

अहिले साओमीको रेडमी सेभेन प्रोमा ४८ मेगापिक्सेल क्यामेरा प्रविधि प्रयोग भएको छ । योभन्दा नयाँ क्यामेरा प्रविधि करिब ४० प्रतिशतले प्रभावकारी हुने कम्पनीको दाबी छ । यो प्रविधिले कम प्रकाश भएको अवस्थामा पनि राम्रो फोटो खिच्ने र प्रकाश पूरा भएका बेलामा बढी डिटेलसहितको तस्बिर खिच्न सक्ने कम्पनीको दाबी छ । यसले खिच्ने एउटा फोटोको आकार करिब २० एमबीको हुनेछ ।

प्रकाशित : श्रावण २४, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?