१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

असिस्टेन्टमा नयाँ फिचर आउँदै

कान्तिपुर संवाददाता

गुगलबाहेकका एपमा भएको म्यासेज पनि पढ्न सक्ने गरी गुगल असिस्टेन्टमा नयाँ फिचर आउने भएको छ  । असिस्टेन्टले मोबाइलमा भएको म्यासेज पढ्न सक्ने भए पनि थर्ट पार्टी एपको म्यासेज पनि पढ्न सक्ने फिचर नयाँ हुनेछ  ।

असिस्टेन्टमा नयाँ फिचर आउँदै

गुगल असिस्टेन्टका फ्यानहरूका लागि यो खुसीको खबर हुनेछ । नयाँ फिचरले ह्वाट्सएप, टेलिग्राम, स्ल्याकजस्ता म्यासेजिङ एपमा भएको म्यासेजहरू पढ्न र रिप्लाई गर्न सक्ने प्रकाशित समाचारहरूमा जनाइएको छ । यो सेवा अंग्रेजी भाषाको म्यासेज पढ्नमा मात्रै सीमित हुनेछ ।


गुगलले यो फिचरबारे आधिकारिक धारणा सार्वजनिक गर्नुअघि नै यी तथ्यहरू बाहिरिएका हुन् । यो फिचर सबै प्रयोगकर्ताले प्रयोग गर्न सक्ने गरी रोलआउट हुँदै छ । खाना बनाउँदै गर्दा वा कुनै काममा हात व्यस्त हुँदा आवाजकै भरमा अरूले पठाएको म्यासेज पढ्न असिस्टेन्टलाई आदेश दिन सकिनेछ ।

प्रकाशित : श्रावण २४, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?