१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एपलाई कडाइ गर्दै एप्पल

कान्तिपुर संवाददाता

एप्पलले आफ्नो स्मार्टफोनमा प्रयोग हुने एपमा कडाइ गर्ने भएको छ  । यो विशेषगरी म्यासेजिङ एपप्रति लक्षित छ  ।

एपलाई कडाइ गर्दै एप्पल

यस्ता म्यासेजिङ एपहरूले ब्याकग्राउन्डमा पनि सञ्चालन भएर प्रयोगकर्ताको तथ्यांक संकलन गरेको भन्दै एप्पलले कडाइ गर्ने भएको हो ।


एप्पलको यो नीतिबाट विशेषतः फेसबुक म्यासेन्जर, ह्वाट्सएप, विच्याटजस्ता एपहरू प्रभावित हुनेछन् । यस्ता एपहरूले प्रयोगकर्ताबाट तथ्यांक संकलन नगर्ने बताउँदै आएको भए पनि विभिन्न अनुसन्धानले प्रयोगकर्ताबाट तथ्यांक संकलन गर्ने गरेको खुलासा गर्दै आएको छ । एप्पलको कदमले आइफोन प्रयोगकर्ताको तथ्यांक संकलन गर्न यी एपहरूलाई समस्या पार्नेछ । एप्पलले यस्ता एप निर्माताहरूलाई भीओआईपी कलबाहेक प्रयोजनका लागि ब्याकग्राउन्ड पहुँच नलिन म्याद दिएको छ । एप निर्माताहरूले सन् २०२० अप्रिलसम्ममा आफ्नो एप अपडेट गरिसक्नुपर्नेछ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?