१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सबभन्दा ठूला ब्रान्ड

कान्तिपुर संवाददाता

आइफोनले चिनियाँ बजारमा पछिल्लो समय आफ्नो हिस्सा गुमायो  । उसको बजारलाई अमेरिका–चीन व्यापारको राजनीतिसँगै हुवावे र साओमीका स्मार्टफोनले असर गर्‍यो  ।

तैपनि एप्पल अमेरिकी म्यागजिन फोर्ब्सले हालै प्रकाशित गरेको विश्वकै ठूला ब्रान्डहरूको सूचीको शीर्षस्थानमा रह्यो । फोर्ब्सले बर्सेनि सार्वजनिक गर्दै आएको सबभन्दा ठूला ब्रान्डको सूचीमा यसपालि पनि प्रविधिसम्बन्धी कम्पनीकै वर्चस्व रह्यो । सन् २०१९ का शीर्ष दस ब्रान्ड :


एप्पल


ब्रान्ड भ्याल्यु : २०५.५ विलियन डलर
एक वर्षयताको अवस्था : १२५ वृद्धि
उद्योगको किसिम : प्रविधि
देश : अमेरिका

सन् १९७६ मा स्थापित यो कम्पनीले मोबाइल, मिडिया डिभाइस, कम्प्युटर, पोर्टेबल डिजिटल म्युजिक प्लेयरको डिजाइन, उत्पादन र बिक्री गर्छ । यसको मुख्य बजाबर अमेरिका, युरोप, चीन, जापान र एसिया प्यासिफक क्षेत्र हुन् । यस कम्पनीमा १ लाख ३२ हजारले काम गर्छन् ।


गुगल


ब्रान्ड भ्याल्यु : १६७.७ विलियन डलर
एक वर्षयताको अवस्था : २७५ वृद्धि
उद्योगको किसिम : प्रविधि
देश : अमेरिका
गुगलले मानिसलाई सूचनासँग सम्पर्क गर्ने माध्यमका लागि केन्द्रित भएर काम गर्छ । यसले ठूला–साना सबै किसिमका विज्ञापनदातालाई सेवा विभिन्न किसिमको दिन्छ । सन् १९९८ मा स्थापित गुगलले सर्च इन्जिन, विज्ञापन, अपरेटिङ सिस्टम, उद्यम, प्लेटफर्म र हार्डवेयर उत्पादनसम्बन्धी काम गर्छ ।

फेसबुक


ब्रान्ड भ्याल्यु : ८८.९ विलियन डलर
एक वर्षयताको अवस्था : ६५ घटेको
उद्योगको किसिम : प्रविधि
देश : अमेरिका
फेसबुक सामाजिक नेटवर्किङ कम्पनी हो, जसले मानिसलाई परिवार, साथी र सहकर्मीहरूसँग सम्पर्क गर्न सहयोग गर्छ । यस कम्पनीले फेसबुकसँगै इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सएप, ओक्युलस पनि सञ्चालन गर्छ । सन् २००४ मा सुरु भएको फेसबुकमा ३५ हजार बढी कर्मचारी छन् ।


डिज्ने


ब्रान्ड भ्याल्यु : ५२.२ विलियन डलर
एक वर्षयताको अवस्था : १०५ वृद्धि
उद्योगको किसिम : मनोरञ्जन
देश : अमेरिका
द वाल्ट डिज्ने मनोरञ्जन र सञ्चार उद्यमका लागि प्रख्यात छ । मिडिया नेटवर्क, पार्क तथा रिसोर्ट, स्टुडियो इन्टरटेन्मेन्ट र उत्पादन तथा अन्तरक्रियात्मक गरी चार किसिमको व्यवसाय गर्छ । टेलिभिजन बजारमा उसको ठूलै प्रभाव छ । द वाल्ट डिज्ने सन् १९२३ मा सुरु भएको हो । यस कम्पनीमा दुई लाख एक हजार कर्मचारी छन् ।


माइक्रोसफ्ट


ब्रान्ड भ्याल्यु : १२५.३ विलियन डलर
एक वर्षयताको अवस्था : २०५ वृद्धि
उद्योगको किसिम : प्रविधि
देश : अमेरिका
माइक्रोसफ्ट कर्प सफ्टवेयर र हार्डवेयरको विकास र बजारसम्बन्धी कम्पनी हो । यसले कम्प्युटरको अपरेटिङ सिस्टमदेखि डिभाइस, सर्भर र फोन उत्पादन गरेको छ । भिडियो गेम ल्याएको उसले अनलाइन विज्ञापन पनि गर्छ । सन् १९७५ मा स्थापित यस कम्पनीमा १ लाख ३१ हजार कर्मचारी छन् ।

कोकाकोला


ब्रान्ड भ्याल्यु : ५९.२ विलियन डलर
एक वर्षयताको अवस्था : ३५ वृद्धि
उद्योगको किसिम : पेय
देश : अमेरिका
कोकाकोला पेय पदार्थसम्बन्धी कम्पनी हो । यसले अल्कोहलरहित पेय पदार्थ उत्पादन र बिक्री गर्छ । खानेपानी, जुस, पिउन तयार पारिएका चिया र कफी, इनर्जी ड्रिङ्स पनि उसले उत्पादन गर्छ । सन् १८८६ मा स्थापित यस कम्पनीमा ६२ हजार बढी कर्मचारी छन् ।


टोयोटा


ब्रान्ड भ्याल्यु : ४४.६ विलियन डलर
एक वर्षयताको अवस्था : शून्य प्रतिशत
उद्योगको किसिम : अटोमोबाइल
देश : जापान
टोयोटा मोटर कर्पले सवारी साधन र त्यसका पार्ट्स उत्पादन गरी बिक्री गर्छ । यस कम्पनीको विशेषगरी कार, मिनी भ्यान, ट्रकले बजार लिएको छ । इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टम (आईटीएस) को विकासमा पनि यसले काम गरिरहेको छ । सन् १९३७ मा सुरु भएको कम्पनीमा ३ लाख ६९ हजार कर्मचारी छन् ।


अमेजन


ब्रान्ड भ्याल्यु : ९७ विलियन डलर
एक वर्षयताको अवस्था : ३७५ वृद्धि
उद्योगको किसिम : प्रविधि
देश : अमेरिका
अमेजनले अनलाइनमार्फत सामग्री बिक्री गर्ने कम्पनी हो । यसले उपभोक्ता, बिक्रेता, उद्यम र सामग्री सर्जकलाई प्राथमिकतामा राख्दै सेवा दिन्छ । अमेजनले मार्केटिङ र प्रवर्द्धनात्मक अरू काम पनि गर्छ । सन् १९९४ मा सुरु भएको अमेजनडटकममा ६ लाख ६७ हजार ५ सय जनाले काम गर्छन् ।

सामसङ


ब्रान्ड भ्याल्यु : ५३.१ विलियन डलर
एक वर्षयताको अवस्था : ११५ वृद्धि
उद्योगको किसिम : प्रविधि
देश : दक्षिण कोरिया
सामसङ इलेक्ट्रोनिक्सको लिमिटेडले विद्युतीय र कम्युटरसम्बन्धी सामग्री उत्पादन र बिक्री गर्छ । सूचना प्रविधि र मोबाइल, डिभाइससम्बन्धी सामसङको उत्पादनले ठूलै बजार लिएको छ । सन् १९६९ मा सुरु भएको यस कम्पनीमा तीन लाख आठ हजार बढी कर्मचारी छन् ।


म्याक्डोनाल्ड


ब्रान्ड भ्याल्यु : ४३.८ विलियन डलर
एक वर्षयताको अवस्था : ६५ वृद्धि
उद्योगको किसिम : रेस्टुराँ
देश : अमेरिका
म्याक्डोनाल्ड रेस्टुराँको फ्रेन्चाइज र व्यवस्थापनमा संलग्न कम्पनी हो । अमेरिकामा म्याक्डोनाल्डको फास्टफुड रेस्टुराँ खुबै चलेको छ । युरोप र एसियामा पनि बजार लिएको छ । सन् १९५५ बाट सुरु भएको यस कम्पनीमा २ लाख १० हजार कर्मचारी छन् ।

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?