१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

यस्तो छ, दुवाईमा सुरु हुन लागेको ड्राइभर विनाको उड्ने ट्याक्सी

कान्तिपुर संवाददाता

काठमाडौं — निकट भविश्यमा नै स‌युक्त अरव इमिरेट्सको दुवाई सहरको आकाशमा चालकरहित ट्याक्सी उड्ने भएको छ । द न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले दिएको समाचार अनुसार उक्त यात्रु बोक्ने ड्रोनले एक जना यात्रु र एउटा सानो सुट्केश बोकेर उड्नेछ ।

यस्तो छ, दुवाईमा सुरु हुन लागेको ड्राइभर विनाको उड्ने ट्याक्सी

दुवाईको सडक तथा यातायात प्राधिकरणका निर्देशक म्याटर अल तयरका अनुसार अगामी जुलाइसम्ममा यो आकाशमा उड्ने ट्याक्सीले दुवाईका आकाशमा उड्न सुरु गर्नेछन् । चार पङ्ख रहेको उक्त उड्ने ट्याक्सी बनाउने काम चिनियाँ कम्पनी इहाङ्लाई दिइएको छ । इहाङ् १८४ नाम दिइएको यो ड्रोनको एक पटक चार्ज गरिएको ब्याट्रीले ३१ माइल वा ३० मिनेटको यात्रा तय गर्ने छ । यसको अधिक्तम् गति एक सय माइल प्रतिघण्टा रहेपनि दुवाईमा यसलाई ६२ माइल प्रतिघण्टामा सिमित गराइएको छ । यसले २२० पौण्डसम्मको भारी बोक्न सक्नेछ ।

निर्माता कम्पनीले यसमा पर्याप्त सुरक्षा उपायहरु अपनाइएको पनि उल्लेख गरेको छ । उसका अनुसार कुनै कारणबस प्राविधिक गडवडी भएको अवस्थामा तत्काल नजिकको संभावित स्थानमा सुरक्षित अवतरण गर्नेछ । यसलाई दुवाईको सडकमा बढ्दै गएको भारी सवारीलाई घटाउने पछिल्लो उपायको रुपमा आएको बताइएको छ ।

शासक शेख मोहम्मद वीन रसिद अल मक्तोमले गत बर्ष सन् २०३० सम्ममा दुवाईको ३० प्रतिशत ट्राफिकको हिस्सा ड्राइभर नभएको साधनले लिने उल्लेख गरेका थिए ।

प्रकाशित : फाल्गुन ४, २०७३ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?