साउदी राजाको एसिया भ्रमण : ५०६ टन सामान र १५ सय मान्छे

एजेन्सी

इन्डोनेसिया — आर्थिक सम्बन्ध बढाउने उद्देश्यले एक महिने लामो एसिया भ्रमण थालेका साउदी अरेबियाका राजा सलमान बुधबार इन्डोनेसिया पुगेका छन् । उनको भ्रमण टोलीमा करिब १५ सय सदस्य छन् । जसमा एकसय बढी सुरक्षाकर्मी, २५ राजकुमारहरु र १० मन्त्रीहरु सामेल छन् ।

साउदी राजाको एसिया भ्रमण : ५०६ टन सामान र १५ सय मान्छे

भ्रमण टोली ६ वटा बोइङ प्यासेन्जर जेट इन्डोनेसिया आइपुगेको थियो । भ्रमण टोलीको सामान सैनिक सामग्री ओासारपसारमा प्रयोग गरिने हर्कुलस बिमानमार्फत पुर्‍याइएको थियो । कार्गोमा ५ सय ६ टन सामान, दुई मर्सिडिज बेञ्ज र दुई सुनको जलप लगाइएको इलेक्ट्रिक इलेभेटर इन्डोनेसिया ल्याइएको थियो ।

इन्डोनेसियाको कार्गो कम्पनीलाई उद्दृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार भ्रमण टोलीको लगेज बोक्नको लागि मात्रै उसले ५ सय ७२ कामदार परिचालन गरेको थियो । ८१ वर्षीय राजा सलमानले बिमानबाट ओर्लिनको लागि सुनको जलप लगाइएको इलेभेटर (विद्युतीइ भर्‍याङ) प्रयोग गरेका थिए ।

साउदी राजपरिवार सुखसयलको लागि चर्चित छन् । जनताहरु सरकारको कडा निगरानीमा बाचिरहेका भए पनि साउदी राजाको भ्रमणहरु विश्वभर हेडलाइन बन्ने गर्छन् ।

तर, एसियाली देशको भ्रमणलाई साउदी राजाले बनाएको जम्बो टोलीले उनले एसियाली देशलाई दिएको महत्व झल्काउने विज्ञहरु बताउछन् । तेलको मूल्य घटिरहेको यो बेलामा साउदी राजा साच्चै अन्य देशहरुसँग आर्थिक समृद्धिको लागि हातेमालो गर्न चाहेको विज्ञहरुको निचोड छ ।
विज्ञहरुले साउदी राजाले भ्रमणको क्रममा प्रदर्शन गरेको सानलाई शक्ति प्रदर्शन भनी टिप्पणी गरेका छन् ।

गत वर्षको नोभेम्बरदेखि योजना बनाइएको साउदी राजाले एसियाली भ्रमणको क्रममा ब्रुनाई, जापान, चीन र माल्दिभ्सको समेत भ्रमण गर्नेछन् ।

प्रकाशित : फाल्गुन २०, २०७३ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?