साउदी अरेबियामा गठन भयो महिला बिनाको महिला परिषद् !

बीबीसी

साउदी अरेबिया — महिलाहरुले अवसर नपाएको भनिएको कुनै देशमा महिला परिषद् गठन हुनु प्रेरणादायी खबर हुनसक्छ । साउदी अरेबियाले सोमबार यस्तै महिला परिषद सार्वजनिक गर्‍यो । अल क्वासिम राज्यमा सुरु गरिएको महिला परिषद्मा एउटा कुरा भने अनौठो थियो कि यो परिषद्मा कुनै महिला सदस्य थिएनन् ।

महिला परिषदको पहिलो बैठकको भनी सार्वजनिक गरिएको बैठकमा १३ जना पुरुष मात्रै सहभागी छन् । त्यहाँ जना पनि महिला देखिदैनन् ।

शनिबार भएको महिला परिषद्को बैठकमा पुरुषमात्रै भएको फोटो सार्वजनिक भएपछि फोटो सोसल मिडियामा हजारौं सेयर भएका छन् ।

महिला काउन्सिलकी अध्यक्ष अबिर बिन्त सलमानलाई तोकिएको छ । उनी प्रान्तका गभर्नर मिशाल बिन साउदकी पत्नी हुन् । काउन्सिलकी अध्यक्ष समेत फोटोमा कतै देखिन्नन्।

परिषद्को बैठकको क्रममा महिलाहरुलाई छुट्टै कोठामा राखिएको थियो जसले भिडियो कन्फ्रेन्सबाट बैठक हेर्न सक्थे ।

प्रकाशित : चैत्र १, २०७३ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हिमपातले उत्तर पूर्वी अमेरिका ठप्प

दिनेशजंग शाह

न्युयोर्क — हिमपात र असिनासहितको हुरीले न्युयोर्क लगायत उत्तर पूर्वी अमेरिकी क्षेत्र प्रभावित बनेको छ । स्थानीय समय अनुसार मंगलबार बिहानैदेखि सुरु हिमपात, असिनापानी एवं हुरीबतासले जनजिवन अस्तव्यस्त भएको छ । राष्ट्रिय मौसम केन्द्रकाअनुसार मंगलबार बिहान आठ ईन्चसम्मको हिमपात भईसकेको छ भने हिमपात संगै असिना र हुरी बतासले स्थिती कष्टकर बनेको छ । न्युयोर्कमा बीस ईन्च सम्मको हिमपात हुने बताइएको छ ।

हिमपात र असिनासहितको हुरीले न्युयोर्क लगायत उत्तर पूर्वी अमेरिकी क्षेत्र प्रभावित बनेको छ ।

स्थानीय समय अनुसार मंगलबार बिहानैदेखि सुरु हिमपात, असिनापानी एवं हुरीबतासले जनजिवन अस्तव्यस्त भएको छ । राष्ट्रिय मौसम केन्द्रकाअनुसार मंगलबार बिहान आठ ईन्चसम्मको हिमपात भईसकेको छ भने हिमपात संगै असिना र हुरी बतासले स्थिती कष्टकर बनेको छ । न्युयोर्कमा बीस ईन्च सम्मको हिमपात हुने बताइएको छ ।

हिमपातले न्यू ईङल्याण्ड अर्थात बोष्टन, न्युहम्यसायर, ब्रमान्ड क्षेत्र सबैभन्दा बढी प्रभावित हुनेछ । मौसम विभागले मंगलबार साँझ सम्म १८ देखि २४ ईन्चसम्म हिमपात हुनेछ ।

विभिन्न राज्यहरुले संकटकाल घोषणा गरेका छन् भने शैक्षिक संस्थाहरु बन्द गर्न सूचना सोमबार नै प्रेषित गरिएको थियो । न्युयोर्क शहरको ‘सिटी गर्भमेन्ट’का अनुसार शहरमा हिजो रातिदेखि नै आपतकालीन व्यवस्था गरिएको थियो । सातसयभन्दा बढी नुन छर्ने एवं सोह्र सय हिम खोस्रने गाडी सडकमा तैनाथ गरिएको छ ।

सार्वजनिक यायायात व्यवस्था बन्द गरिएको छ भने आवश्यक खाद्यन्न संचय गर्न राज्य सरकारले अनुरोध गरेको छ ।

अर्काेतर्फ हिमपात एवं हुरी बतासकाकारण अमेरिकाका पाँचहजार आन्तरिक उडान स्थगित गरिएको छ । हवाईट हाउसले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर एन्जिला मर्केल बीचको भटवार्ता समेत रद्द भएको उल्लेख गरेको छ ।

प्रकाशित : चैत्र १, २०७३ २१:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT