१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाँदरसँग हुर्किएकी यी बालिका जसलाई मानिसजस्तो व्यवहार गर्न सिकाइँदै छ

एजेन्सी

उत्तर प्रदेश (भारत) — उनी सम्भवत: ८ वर्षकी भइन् । उनी हात र खुट्टाले टेकेर हिंड्न रुचाउँछिन् । र, केही भन्नुपर्दा चिच्याउने गर्छिन् । उत्तर प्रदेशको एक वन्यजन्तु संरक्षण क्षेत्रमा बाँदरसँगै हुर्किएकी उनी अहिले मानिसले जस्तै व्यवहार गर्न सिक्दैछिन् । उनलाई दुई महिना अघि जंगलबाट उद्दार गरिएको थियो ।

बाँदरसँग हुर्किएकी यी बालिका जसलाई मानिसजस्तो व्यवहार गर्न सिकाइँदै छ

बराइचको जिल्ला अस्पतालमा रहेकी उनको नाम राखिएको छ–गर्ल मोङ्ली । उनको नाम जंगल बुकका एक पात्रअनुसार राखिएको हो जहाँ ति पात्रलाई पनि जंगली जनावरले हुर्काएका थिए ।

उनलाई मोतिपुर क्षेत्रको जंगलमा गाउँलेहरुले जनबरीमा देखेका थिए । जुनबेला उनी वस्त्रविहीन थिइन्, नङ लामा थिए र उनको शरीरमा काला दागहरु थिए । उनी आफ्नो बादर परिवारसँग रमाउने गर्थिन् ।

यो अस्वभाविक दृश्यबारे गाउँले प्रहरीलाई खबर गरेपछि उनको उद्दार गरिएको थियो । तर, उनको उद्दार त्यति सहज भएन जब बाँदरहरुले उद्दारकर्तालाई अवरोध गरे ।

उद्दारको क्रममा मानिसहरु देख्दा बालिका चिच्याउने गर्थिन र डराउथिन् ।

‘उद्दारको बेलामा उनको शरीरमा घाउ थियो । अहिले हाम्रो प्राथमिकता भनेको उनको उपचार गर्नु, हेरचाह गर्नु र उनको अभिभावक खोज्नु हो’, प्रहरी अतिरिक्त निरीक्षक दिनेश त्रिपाठीले भने ।

बराइच अस्पतालमा दुई महिना बिताएपछि मानिस देख्दा डराउने उनको स्वभावमा केही परितर्वन आएको छ । ‘उनी कुनै पनि भाषा बोल्न र बुझ्न सक्दिनन् । उनले लामो समय जंगली जनावरसँग बिताइन् त्यसैले उनीहरुजस्तै व्यवहार गर्छिन्’, अस्पतालका प्रमुख मेडिक सुपरिटेन्डेन्ट डीके सिंहले भने ।

‘अहिले उनले केही सांकेतिक भाषा बुझ्ने भएकी छिन् र नर्ससहित अस्पतालका केही कर्मचारी चिन्न थालेकी छन् ।’ अस्पतालले उनलाई कुनै संस्थामा राखेर भाषा र मानिसले जस्तै व्यवहार गर्न सिकाउने बताएको छ ।

नयाँ वातावरणमा सहज महसुस गर्न थालेपछि बालिका अहिले पनि दुई हात र खुट्टा टेकेर हिंड्ने गर्छिन् ।

प्रकाशित : चैत्र २५, २०७३ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?