४२ हजार फिटको उचाइमा सुत्केरी व्यथाले च्यापेपछि

काठमाडौं — टर्किस एयरलाइन्सको बोइङ ७३७ शनिबार गुइनाको राजधानी कन्क्रीबाट ओगाडोगो हुँदै स्तनबुलका लागि उडेको थियो । तर, उडेको केही समयमा नै एउटा अनपेक्षित घट्ना भयो ।

बीबीसीले टर्किस एयरलाइन्सको बिज्ञप्ती उल्लेख गर्दै लेखे अनुसार विमानमा सवार नाफी डियबी नामक एक ईड बर्षीया यात्रुलाई सुत्केरी व्यथाले च्याप्यो । जहाज ४२ हजार फिटको उचाइमा ति महिलाले छोरीको जन्म दिइन् ।

४२ हजार फिटको उचाइमा सुत्केरी व्यथाले च्यापेपछि

टर्किस एयरलाइन्सको बोइङ ७३७ शनिबार गुइनाको राजधानी कन्क्रीबाट बुर्कना फस्कोको राजधानी हुँदै ओगाडोगो हुँदै स्तनबुलका लागि उडेको थियो । तर, उडेको केही समयमा नै एउटा अनपेक्षित घट्ना भयो ।

बीबीसीले टर्किस एयरलाइन्सको बिज्ञप्ती उल्लेख गर्दै लेखे अनुसार विमानमा सवार नाफी डियबी नामक एक २८ बर्षीया यात्रुलाई सुत्केरी व्यथाले च्याप्यो । जहाज ४२ हजार फिटको उचाइमा ति महिलाले छोरीको जन्म दिइन् ।
जहाज बुर्किना फास्कोको राजधानीमा अवतरण गरियो र कादिजु नामक छोरी र आमा दुवै जनालाई अस्पताल लगियो ।
संगै यात्रा गरिरहेकी सहयात्रीलाई सुत्केरी व्यथा लागेपछि अरु यात्रीहरु र विमानमा रहेका परिचारिकाहरुले पनि सहयोग गरेको बताइएको छ ।

टर्कीस एयरलाइन्सले भरखरै जन्मेको बच्चासंगको आप्ना परिचारिकाहरुको तस्विरसमेत सार्वजनिक गरेको छ । t;

तस्विरहरु : बीबीसी/टर्कीस एयरलाइन्स

प्रकाशित : चैत्र २७, २०७३ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?