कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चिया पसलले दिए १ करोड दाइजो !

एजेन्सी

राजस्थान (भारत) — भारतको राजस्थानमा भएको एक विवाहमा एक चिया पसलेले छोरीको बिहेमा एक करोड नगद दाइजो दिएपछि कर अधिकारीहरुको नजरमा परेका छन् ।

चिया पसलले दिए १ करोड दाइजो !

राजस्थानको अल्वार जिल्लाको वैवदीमा चिया पसल सञ्चालन गर्ने लिलाराम गुज्जरले आफ्ना ६ छोरीको एकसाथ बिहे गराएका थिए । छमध्ये ४ छोरीको विवाह गर्ने उमेरै भएको थिएन ।

भारतको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका बालिकाको विवाह गराउन पाइदैन भने दाइजो दिने र लिनेलाई कम्तिमा ५ वर्ष जेल हाल्ने कानुन छ ।

जयपुर नजिकै भएका विहे समारोहमा जन्तीकै अगाडि गुज्जरले एक करोड नगद गन्दै गरेको भिडियो सोसल मिडियामा सेयर भएपछि राजस्व विभागका कर्मचारीहरुले घटनाको अनुसन्धान थालेका छन् ।

उनले केटा पक्षलाई दाइजो दिनको लागि रकम गनेको दाबी गरिएको छ ।

गुज्जरलाई राजस्व विभागको कार्यालयमा उपस्थित हुन र आयस्रोत देखाउन निर्देशन दिइएको छ ।

प्रहरीका अनुसार गुज्जरले बिहेको निम्तोको लागि बनाइएको कार्डमा दुई छोरीको नाम मात्रै उल्लेख गरेका छन् जो विवाह योग्य उमेरका थिए ।

प्रकाशित : चैत्र ३१, २०७३ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?