कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाँचै नदिएको विषयमा रिजल्ट

भक्तपुर — मनकामना इंग्लिस सेकेन्डरी स्कुलबाट सिम्बल नम्बर ‘०२८४५६४ टी’ भएका सन्देश सांगामीले एसईई परीक्षामा ऐच्छिक गणित विषयको परीक्षा दिए । तर, शुक्रबार प्रकाशित एसईईको परीक्षाफलमा भने उनको ऐच्छिक गणितको स्थानमा अर्थशास्त्रको नतिजा आयो ।

सानै कक्षादेखि मेधावी छात्रका रूपमा रहेका सन्देशको अन्य विषयमा समेत सोचेजस्तो नतिजा आएन । एसईईमा उत्कृष्ट अंक ल्याई विज्ञान विषय पढेर डाक्टर बन्ने उनको सपना अहिले यही परीक्षाफलका कारण अन्योलमा परेको उनको गुनासो छ ।

‘हाम्रो स्कुलमा अर्थशास्त्र विषय पढाइ नै हुँदैन,’ उनले भने, ‘परीक्षा नै नदिएको विषयको नतिजा आयो ।’ एसईईमा ‘ए प्लस’ को अपेक्षा गरेको सन्देशको नतिजा ‘सी प्लस’ आएको मनकामना स्कुलका प्रिन्सिपल श्रीराम आचार्यले बताए । मनकामना स्कुलकै सृष्टि शाक्यको नतिजा पनि उस्तै भएको छ । ऐच्छिक गणित विषयमा परीक्षा दिएकी सृष्टिको परीक्षाफल अर्थशास्त्र विषयको आएको छ ।

‘अप्रत्याशित परीक्षाफल सार्वजनिक भएको छ, परिवारमा सबैलाई तनाव छ,’ उनले गुनासो गरिन्, ‘एसईईको नतिजाले भविष्यबारे सोच्नै सकेकी छैन ।’ राजधानीको राम्रो कलेजमा पढेर इन्जिनियर बन्ने सपना एसईईको नतिजाले अन्योलतिर धकेलिएको उनी बताउँछिन् । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गल्ती भएको स्वीकार्दै तत्काल सच्याएर विद्यार्थीको नतिजा दिने बताएका छन् ।

प्रकाशित : असार ७, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?