कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब एक दर्जन सिंहले एम्बुलेन्स घेरे...

सिन्हवा

नयाँदिल्ली — भारतको गुजरातमा एक महिलाले करिब एक दर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्माएकी छन् । यो घटना शुक्रबारको हो । गुजरातको लुनासापुर गाउँकी मन्गुबेन मक्वाना नामकी महिलालाई अचानक प्रसव व्यथा लागेपछि उनका आफन्तले एम्बुलेन्सबाट अस्पताल लैजाँदै थिए ।

जब एक दर्जन सिंहले एम्बुलेन्स घेरे...

घना जंगलमा पुगेपछि महिलाको अवस्था नाजुक भयो र बच्चा जन्माउन जंगलमै एम्बुलेन्स रोकियो । एम्बुलेन्सका कर्मचारीको सहयोगमा उनले बच्चा जन्माइन् । बच्चाको जन्म हुँदै गर्दा १२ वटा सिंहको समूहले एम्बुलेन्स घेरेको थियो । सिंहले झन्डै साढे एक घण्टासम्म एम्बुलेन्सलाई घेरेको बताइएको छ । कर्मचारी चेतन गाधेले भने, ‘त्यसपछि एम्बुलेन्सका चालकले विस्तारै गाडी चलाए र लाइट बलेर एम्बुलेन्स अगाडि बढेपछि सिंहले बाटो छाडे ।’

प्रकाशित : असार १८, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?