खोला तर्न राँगा गाडी

टीकापुर — कैलालीको जानकी गाउँपालिका–७ भुर्सा खोलामा मोटरसाइकल तार्न गाउँलेको राँगा गाडा तयार गरेका छन् । मुनुवा गाउँबाट टीकापुर आउने र फर्कनेको मोटरसाइकल, साइकल तथा पैदल यात्रु राँगा गाडामा चढेरै खोला पार गर्छन् । भुर्सा खोलामा पुल निर्माण भइरहेको छ ।

निर्माणाधीन पुलमा हिँड्डुल नहुने भएपछि गाउँलेले गाडामा राखेर यात्रु वारपार गराएका हुन् ।

राँगा गाडाले एक साइकल तारेबापत २० रुपैयाँ र मोटरसाइकलको ५० लिने गरेको रूपलाल चौधरीले बताए । उनले भने, ‘पहिले खोलामा पानी कम थियो । वारपार भइहाल्थ्यो । अहिले पानी बढ्यो । वारपार गर्न नसकिने भएपछि यस्तो उपाय गरेका हौं ।’ पुल बनाउँदा नदीमा वारपार गर्न वैकल्पिक बाटो बनाइएको छैन । वैकल्पिक बाटो नबनाइएकाले जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता छ । कतिपय रकम अभाव हुने खोलाबाटै तर्ने गरेको स्थानीयले बताए । रानी जमरा कुलरिया कुलो सिँचाइ आयोजनामार्फत भुर्सामा पुल बन्दै गरेको छ । उक्त काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रकाशित : असार ३१, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?