रोचक

Interesting

बिरामीलाई गितार बजाउन लगाउँदै न्यूराेसर्जनले गरे शल्यक्रिया

बैंग्लोरमा चिकित्सकहरुले एकजना स‌ंगितकार अभिषेक प्रसादको मस्तिष्कको शल्यक्रिया गरिरहँदा उनी भने गितार बजाउँदै शल्यचिकित्सकलाई सघाइरहेका थिए । अभिषेकलाई विगत ९ महिनादेखि गितार बजाउँदा औंलाहरु बाउडिने समस्या थियो । जसको उपचारका लागि चिकित्सले उनको शल्यक्रिया गरिरहँदा उनले गितार बजाइरहे ।

बिरामीलाई गितार बजाउन लगाउँदै न्यूराेसर्जनले गरे शल्यक्रिया

तरकारी फल्ने मेसिन

सहरको थोरै जमिनमा बनेको घर पनि त्यतिखेर सानो लाग्ने छैन जतिखेर छत वा कौसीमै तरकारी फल्नेछ। अनि, घरको सौन्दर्य बिग्रिने गरी माटो पनि थुपार्नुपर्ने छैन।

तरकारी फल्ने मेसिन
श्रावण १, २०७४

विमानबाटै दिनहुँ कार्यालय आउजाउ

विश्वका कयौं मुलुकमा आज पनि धेरैका लागि विमान चढ्नु भनेको एउटा सपना जस्तै हो । अझ हाम्रो देशमा राम्रो सुविधा भएको बसमा लामो दूरीको यात्रा गर्न धेरैले भाडामै समेत मोलमोलाई गरिरहेका भेटिन्छन् । तर, एक अमेरिकी नागरिक दिनहुँ आफ्नो कार्यालय बसमा होइन, विमानै चढेर जान्छन् ।

विमानबाटै दिनहुँ कार्यालय आउजाउ
असार ३१, २०७४

खोला तर्न राँगा गाडी

कैलालीको जानकी गाउँपालिका–७ भुर्सा खोलामा मोटरसाइकल तार्न गाउँलेको राँगा गाडा तयार गरेका छन् । मुनुवा गाउँबाट टीकापुर आउने र फर्कनेको मोटरसाइकल, साइकल तथा पैदल यात्रु राँगा गाडामा चढेरै खोला पार गर्छन् । भुर्सा खोलामा पुल निर्माण भइरहेको छ ।

असार ३०, २०७४

विद्यार्थी बोलाउन घरै पुग्छन् शिक्षक

मेचीनगर–१५ मेचीपारिको ग्वालबस्तीका विद्यार्थी आफैं स्कुल आउँदैनन्, बोलाएर ल्याउनुपर्छ । भारतसँग सीमा जोडिएको यो गाउँका विद्यार्थीको शैक्षिक स्तर उकास्न सरकारले २०५७ सालबाट विद्यालय सञ्चालन गरेको हो ।

विद्यार्थी बोलाउन घरै पुग्छन् शिक्षक
असार २५, २०७४

‘बधाई पाँच वर्षपछि’

‘आज म कसैलाई बधाई दिन्नँ, अबको पाँच वर्षपछि बिदा गर्दा मात्र दिनेछु, जति बेला लाखौं जनता बिदा गर्न फूलमाला लिएर तयार हुनेछन् ।’ नगर प्रमुख पदमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएपछि मोरङ लेटाङ नगरपालिकाकी एमाले नेत्री एवं शिक्षिका शान्ति पाख्रिनले लेखेको फेसबुक पोस्ट हो यो ।

असार २०, २०७४

नेपालीलाई अन्तरिक्ष यात्रामा जाने मौका

नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो) ले ‘टेराज्त्रा स्पेस एक्सप्लोरेसन’ सँगको सहकार्यमा नेपालबाट तीनजनालाई अन्तरिक्ष यात्राको तालिममा सहभागी गराउने जनाएको छ । उक्त सहभागिताको लागि नेपाली नागरिकको लागि ‘प्रोजेक्ट टेरानट’ को नि:शुल्क पूर्व आवेदन साउन १६ गतेसम्म खुलाइएको छ । सबैभन्दा पहिले नेपालको लागि आवेदनको खुलाइएको हो ।

नेपालीलाई अन्तरिक्ष यात्रामा जाने मौका
असार १८, २०७४

जब एक दर्जन सिंहले एम्बुलेन्स घेरे...

भारतको गुजरातमा एक महिलाले करिब एक दर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्माएकी छन् । यो घटना शुक्रबारको हो । गुजरातको लुनासापुर गाउँकी मन्गुबेन मक्वाना नामकी महिलालाई अचानक प्रसव व्यथा लागेपछि उनका आफन्तले एम्बुलेन्सबाट अस्पताल लैजाँदै थिए ।

जब एक दर्जन सिंहले एम्बुलेन्स घेरे...
असार ७, २०७४

जाँचै नदिएको विषयमा रिजल्ट

मनकामना इंग्लिस सेकेन्डरी स्कुलबाट सिम्बल नम्बर ‘०२८४५६४ टी’ भएका सन्देश सांगामीले एसईई परीक्षामा ऐच्छिक गणित विषयको परीक्षा दिए । तर, शुक्रबार प्रकाशित एसईईको परीक्षाफलमा भने उनको ऐच्छिक गणितको स्थानमा अर्थशास्त्रको नतिजा आयो ।