कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बिरामीलाई गितार बजाउन लगाउँदै न्यूराेसर्जनले गरे शल्यक्रिया

बीबीसी

भारत — बैंग्लोरमा चिकित्सकहरुले एकजना स‌ंगितकार अभिषेक प्रसादको मस्तिष्कको शल्यक्रिया गरिरहँदा उनी भने गितार बजाउँदै शल्यचिकित्सकलाई सघाइरहेका थिए । अभिषेकलाई विगत ९ महिनादेखि गितार बजाउँदा औंलाहरु बाउडिने समस्या थियो । जसको उपचारका लागि चिकित्सले उनको शल्यक्रिया गरिरहँदा उनले गितार बजाइरहे ।

बिरामीलाई गितार बजाउन लगाउँदै न्यूराेसर्जनले गरे शल्यक्रिया

बैंग्लोरमा चिकित्सकहरुले एकजना स‌ंगितकार अभिषेक प्रसादको मस्तिष्कको शल्यक्रिया गरिरहँदा उनी भने गितार बजाउँदै शल्यचिकित्सकलाई सघाइरहेका थिए ।

अभिषेकलाई विगत ९ महिनादेखि गितार बजाउँदा औंलाहरु बाउडिने समस्या थियो । जसको उपचारका लागि चिकित्सले उनको शल्यक्रिया गरिरहँदा उनले गितार बजाइरहे ।

अभिषेकले आफ्नो गितार बजाउने सोखलाई व्यवसायिक रुप दिन सबै काम छोडेर यसैमा तल्लिन भएको २० मिहना पछि उनमा औंला बाउडिने समस्या देखिएको थियो । उनको कान्छि र माझि औंलामा यो समस्या देखिएको थियो । सुरुमा आफूले धेरै नै गितार बजाएकोले यस्तो भएको अनुमान गरेका उनले कयौं डाक्टरहरुलाई देखाएर विभिन्न औषधि सेवन गरे । तर रोग निको हुनुको साट्टा झनै बल्झिए पछि उनी महावीर जैन अस्पतालमा न्यूरोसर्जन डा. शरण श्रीनिवासन कहाँ जाँच गराउन पुगे । उनले अभिषेकलाई 'म्यूजिसियन डिस्टोनीया' भएको बताउँदै गितार बजाउन लगाउँदै अप्रेशन गर्ने निधो गरेका थिए ।

जसका लागि अभिषेकलाई केवल लोकल एनेस्थेसिया दिएर गितार बजाउन लगाइयो र मस्तिष्कमा १४ मिलीमीटरको एउटा प्वाल पारेर मस्तिष्कमा भित्र ८-९ सेंटीमीटर गहराई भित्र इलेक्ट्रोड छिराएर टारगेट लोकेशनको सर्किटलाई सही गरिएको थियो । शल्यक्रिया पछि उनको समस्याको निधान भएको बताइएको छ ।

विश्वमा यस प्रकारका शल्यक्रिय यसअघि आठपटक गरिएको छ भने भारतमा यो नै पहिलो हो ।

प्रकाशित : श्रावण ७, २०७४ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?