१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भाग्यमानी सानी कुकुर जसले बिहेको रिङ ल्याउने जिम्मा पाइन्

कान्तिपुर संवाददाता

काठमाडौं — प्रसंग स‌युक्त अधिराज्यमा बसोबास गर्ने सीरी अट्चेसन र सियन म्याक्रोरीको गत महिना भएको बिहेको हो । बिहेको तयारी हुँदै गर्दा दुवैका परिवारमा खुशीयाली छायो नै, यि दुई झन खुशी नहुने कुरै थिएन ।

भाग्यमानी सानी कुकुर जसले बिहेको रिङ ल्याउने जिम्मा पाइन्

अनलाइन सञ्चार माध्यम बजफिडमा अन्द्रे बर्गसले लेखे अनुसार यसमध्ये पनि एकजना अर्कोको जीवनमा झनै रोमाञ्चक क्षण आयो । तिनी थिइन्, उनीहरुको सानो डग्गी अल्फी ।

यि सात बर्षीया अल्फीलाई विहे गर्न लागेका जोडीलले उनीहरुको विहेको रिङ बोक्ने जिम्मेवारी सुम्पिए । 'अल्फी हाम्रो सम्बन्धको एउटा महत्वपूर्ण हिस्सा हो, उनी हाम्रो जीवनको महत्वपूर्ण हिस्सा हो, त्यसैले उनलाई रिङ् ल्याउने जिम्मा दिइएको हो' अट्चेसनले भनेकी छिन् ।

त्यसपछि उनलाई उनको सुट लगाइदिएर रिङ कोक्न लगाइयो ।

जव समय भयो बिहेमा रिङ लगाइदिने अनि अल्फीले कुशलतापूर्वक आफ्नो भूमिका निभायो । बिबाहिता जोडीसहित सबै परिवार त रमायो नै अल्फीको खुशी झनै उन्मुक्त थियो ।

प्रकाशित : श्रावण १२, २०७४ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?