लामखुट्टे मारेपछि एक जापानी ट्वीटरमा प्रतिबन्धित

काठमाडौं — लामखुट्टे मारेर त्यसको फोटो ट्वीटरमार्फत सार्वजनिक गरेपछि माइक्रो ब्लगिङ साइट ट्वीटरले ति व्यक्तिको एकाउन्ट बन्द गरेको छ ।

लामखुट्टे मारेपछि एक जापानी ट्वीटरमा प्रतिबन्धित

बीबीसीका अनुसार टिभी हेरिरहेको बखत लामखुट्टेले आफूलाई टोकेको भन्दै ति व्यक्तिले लामखुट्टे मारेर त्यसको फोटो सार्वजनिक गरेका थिए ।

‘म टिभी हेरेर आनन्दले बसिरहेको बेला मलाई टोकेर कहाँ भाग्छन् ? मर १’ भनी ती व्यक्तिले फोटोसहित ट्वीट गरेका थिए । घटना २० अगस्टको हो ।

केही पछि उनले ट्वीटरबाट उनको एकाउन्ट बन्द गरिएको र पुन: प्रयोग गर्न नसकिने जानकारीसहितको सन्देश पाएका थिए ।

उनले लगत्तै नयाँ एकाउन्ट खोलेर आफ्नो पुरानो एकाउन्ट बन्द गरिएको जानकारी गराएका थिए । नयाँ एकाउन्टमा उनले लेखेका छन्,‘मैले लामखुट्टे मारेको भन्दै मेरो पुरानो एकाउन्ट बन्द गरिएको छ । के यो नियमविपरीत हो ?’

उनले गरेको ट्वीट ३३ हजार भन्दा बढी पटक ट्वीट भएको छ र २९ हजारभन्दा बढीले लाइक गरेका छन् ।

प्रकाशित : भाद्र १५, २०७४ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?