जुम्ल्याहा बच्चाका फरक-फरक पिता !

अमेरिका — कुनै पनि बच्चाको बाबु कुनै एक पुरुष हो या होइन भनेर जान्न चाहे त्यसको सिधा उत्तर पाउन सकिन्छ । तर अमेरिकाको न्यू जर्सीस्थित अदालतमा एक महिलाले जुम्ल्याहा बच्चाको स्याहरसुसारका लागि एक पुरुषलाई उनीहरुको बाबु भनेर दायर गरेको मुद्दा भने केही पेचिलो भएको छ ।



उक्त महिलाले मुद्दा दायर गरेपछि अदालतले यकिन गर्न परिक्षण गर्दा दुई मध्ये एकमात्र बच्चाको पिता भएको तथ्य खुलेको हो । चिकित्सा विज्ञानमा जुम्ल्याहा बच्चाका फरकफरक पिता हुनुलाई अत्यन्तै दुर्लभ मानिन्छ । तर त्यो असम्भव भने छैन । त्यसलाई चिकित्सा विज्ञानको भाषामा ‘सुपरफेकण्डेसन’ भनिन्छ ।

छोटोसमयमा नै कुनै महिलाले दुई पुरुषसँग यौन सम्पर्क गरे दुई फरक व्यक्तिबाट गर्भ रहन सक्छ । अमेरिकी पत्रिका टाइमले प्रकाशित गरेको समाचार अनुसार यसरी जुम्ल्याहा बच्चाका फरक फरक पिता भएका स्याहारसुसार भरण मुद्दा अमेरिकी अदालतमा २ प्रतिशत जति छन् ।
 

 

प्रकाशित : भाद्र २५, २०७४ १९:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

८० वर्षीया उम्मेदवारको युवा जोश

शंकर आचार्य

पर्सा — भदौको चर्को घाम र गर्मी । एक छिन हिड्दा पनि पसिना र धपेडीले शरिर लखतरान बनाउँछ । तर, वीरगन्ज महानगरको उपमेयरकी उम्मेदवार ८० वर्षीया शान्ति कार्कीको जोश र जाँगरमा घाम र गर्मी तगारो बनेको छैन ।

काँग्रेसले वीरगन्ज महानगरको उपमेयरको टिकट दिएपछि उनको बुढ्यौली चढ्दै गरेको ज्यानमा फुर्ति बढेको छ । यस पटकको निर्वाचनमा उनी २ नम्बर प्रदेशको सम्भवत: सबै भन्दा पाको उम्मेदवार मध्येमा पर्छिन् ।

अहिले कांग्रेसकै मेयर पदका उम्मेदवार अजय द्विवेदीसंग उनी हातेमालो गर्दै घरदैलो गर्दैछिन् । दिनभरी जसो घर दैलो गर्ने र खानाखान दिउसो केही क्षण आराम गर्ने उनको दैनिकी बनेको छ । हाते झोलामा बिस्कुट, पानी, ड्राईफ्रुट आदि राख्छिन् । भोक लागे झिकेर खान्छिन् ।

त्यसो त उनको पातलो र फुर्तिलो ज्यान चुनावकै बेला मात्र सक्रिय भएको होइन । आजीवन राजनीतिमा होमिएकी अविवाहित उनको दैनिकी बिभिन्न सभा, समारोह, कार्यक्रम, सामाजिक कार्य आदिमा बित्थ्यो ।

किशोरावस्थादेखि नेपाली काग्रेससंग जोडिएकी उनको लौहपुरुष गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालासम्म राम्रै संगत थियो । गणेशमान पत्नी मंगलादेवी सिंह निकट रहेकी उनी नेपाल महिला संघमा आबद्ध रहि विशेष गरी महिला तथा दलित उत्थानको क्षेत्रमा सक्रिय रहिन् ।

दलहरु प्रतिबन्धित रहँदा पटक पटक गरी १० बर्ष जेल जीवन बिताएकी उनी त्यति बेला राजधानीबाट भागेर भारत जान खोज्ने नेताहरुलाई भारतसम्म सुरक्षित रुपमा लग्ने काममा अभ्यस्त थिइन् । राजधानी र वीरगंज ओहोरदोहोर गरी राख्दा उनी गिरिजाप्रसाद कोइरालालाई वीरगन्जबाट ५ सय ५५ चुरोट र कृष्णप्रसाद भट्टराईलाई मगही पान र खैनी कोसेली लगिदिन्थिन् ।

काठमाडौं कुपण्डोलको रैथाने कार्की परिवारकी छोरी उनले विराटनगरबाट एसएलसी गरेकी थिइन् । वीरगन्जलाई कर्मथलो बनाई होलटाइमर राजनीतिकर्मी बनेपछि कार्कीले कुनै समय यस क्षेत्रमा पति बितेर एकल बनेका महिलालाई रातो टीका लगाएर सामान्य जीवनयापन गर्न उत्प्रेरित गर्ने अभियानमा सक्रिय थिइन् ।

वीरगन्जमा सामूहिक ब्रतबन्ध जस्तो मितव्ययी कार्यको सुरुवात गर्ने श्रेय पनि उनलाई नै जान्छ । जनताले उपमेयर पदमा चुने आफू महानगरको समग्र विकासमा अहोरात्र खटिने दाबी गर्छिन् । ‘मेरो जीवन नै समाजसेवामा बित्यो,’ उनले भनिन्, ‘बाँकी जीवन पनि महानगरबासीको सेवा गरेरै बित्नेछ ।’

आजसम्म आफूले पार्टी नेतृत्व तहलाई कुनै पनि पदका लागि आग्रह र गुहार नगरेपनि हाल आफै टिकट दिएपछि आफू त्यसलाई पनि जिम्मेवारीनै मानेर चुनावी मैदानमा होमिएको कार्की बताउँछिन् । ‘पार्टीले मलाई नयाँ जिम्मेवारी दियो,’ उनी भन्छिन्, ‘यो मेरो लागि ठूलो अवसर पनि हो, जिते पछि जनताको सेवा नै गर्ने हो आखिर ।’

महानगरको समग्र विकास आफ्नो एजेण्डा भएपनि दलित, महिला र बालबालिकाको शिक्षा र चेतनाको स्तर बढाउन विशेष काम गर्ने उनी बताउँछिन् । त्यस बाहेक दाइजो प्रथा हटाउने कामलाई प्राथमिकतामा राख्ने उनले बताइन् । ‘दाइजो प्रथा हटाउन एउटा ठूलो सामाजिक आन्दोलन जरुरी छ,’ उनले भनिन्, ‘दाइजो लिने र दिने काम बन्द नगरेसम्म यो आन्दोलन सफल हुँदैन ।’

पाको उम्मेदवार भएरै होला धेरैको ध्यान उनले खिचेकी छन् । संचारजगतमा पनि उनी छाउन थालेकी छिन् । दैनिक जसो अन्तवार्ताका लागि उनको फोनमा राजधानी देखि अन्यत्रबाट पनि संचारकर्मीहरुको फोन आइरहन्छ । उनी पनि धपेडीकै बीचमा अन्तवार्ता दिन भ्याउँछिन् । बुढ्यौलीमा कार्कीको जोश र जाँगर देखेर उनीसंगै घर दैलोमा हिडेका कांग्रेस कार्यकर्ताहरु पनि चकित छन् । युवा नेता दिलिपराज कार्की भन्छन्, ‘हुन त उहाँ कहिल्यै पनि थाकेको मैले देखेको छैन, तैपनि अचेल जति जोश र उत्साह देखेको छु हामी युवा पुस्तालाई प्रेरणा मिलेको छ ।’

प्रकाशित : भाद्र २५, २०७४ १९:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT