चीनद्वारा ‘विश्वकै अग्लो’ विद्युत खम्वाको निर्माण गर्दै

हाङ्झाउ, चीन — चीनले अहिलेसम्म संसारकै ‘सवैभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको लण्डनको विग वेन भन्दा चार गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले मङ्गलबार जानकारी गराएको छ ।

चीनले अहिलेसम्म संसारकै ‘सवैभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ ।

पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको लण्डनको विग वेन भन्दा चार गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले मङ्गलबार जानकारी गराएको छ ।

यो चीनकै दामाओसानमा घोषणा भएको ३७० मिटर अग्लो विद्युत खम्वाभन्दा १० मिटर अग्लो हुने र विश्वकै सवैभन्दा अग्लो विद्युतकोखम्वा (टावर)को रुपमा विश्व कीर्तिमान रहने निर्माण कम्पनीको दावी छ ।
सन् २०१८ को अन्त्यसम्म निर्माण सम्पन्न गरी सन् २०१९ को शुरुदेखि नै यसलाई प्रयोगमा ल्याइने योजना कम्पनीको रहेको छ ।
रासस/सिन्ह्वा

प्रकाशित : आश्विन १८, २०७४ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने जनमोर्चाका अध्यक्ष केसीको भनाइ

काठमाडौं — राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र पक्षधरसँग चुनावी तालमेल हुनसक्ने संकेत गरेका छन् ।

रिपोर्टस क्लबद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा अध्यक्ष केसीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच भएको तालमेल र एकता प्रयासलाई आफूले ठूलो रुपमा नलिएको भन्दै चुनावी तालमेल भए तापनि पार्टी एकता भने हुन नसक्ने बताए ।

नेकपा (माले)का महासचिव सिपी मैनालीले चुनावअघि आफूहरु पार्टी एकीकरणमा नजाने बताए । उनले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको तालमेलको शुरुवात सकारात्मक भएको भन्दै आगामी चुनावपछि मात्र छलफलमा जाने भनाइ व्यक्त गरे ।

त्यसै गरी नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी गजुरेलले एमाले र माओवादी केन्द्रबीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिँदै वाम एकताको प्रयास नै गलत भएको बताए । उनले एमाले, माओवादी र नयाँ शक्तिले कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउँछौं भनेर जनतालाई ढाँट्ने काम गरेको आरोप लगाउँदै यो गठबन्धन जनता र राष्ट्रको लागि औचित्यहिन रहेकोसमेत दाबी गरे ।

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको तालमेलले वर्तमान सरकारलाई केही असर नपर्ने बताए । उनले वाम तालमेलको प्रयासबारे आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै जानकारी दिएको उल्लेख गर्दै भने, 'हामीले एमालेसँग वाम तालमेल गर्नेबारे कांग्रेसलाई जानकारी दिएका थियौं, त्यसैले यो कसैका विरुद्ध लक्षित छैन ।'

नेता शर्माले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारबाट चुनाव हुने भन्दै पार्टी फुटेर भन्दा पनि जुटेर अघि बढ्नु उपयुक्त हुने बताए ।

रासस

प्रकाशित : आश्विन १८, २०७४ १६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्