कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चुनाव प्रचारमा ऊँट

मनोज पौडेल

कपिलवस्तु — सानै उमेरमा सबैको आकर्षण बनेका छन् । ११ वर्षका उनको नाम हो शेर मोहम्मद । नाम अनुसारकै काम गरेर भीड जुटाउँछन् । उनै शेरलाई हेर्न अहिले गाउँ गाउँमा भीड लाग्ने गरेको छ । शेर मोहम्मद नामको बडेमाको ऊँट अहिले गाउँगाउँमा प्रचारमा खटिएका छन् । कहिल्यै नदेखेको ऊँट हेर्न गाउँले ओइरिन्छन् ।

चुनाव प्रचारमा ऊँट

भारतको राजस्थानको अजमेरबाट आएका शेरबहादुर अहिले यहाँको निर्वाचन क्षेत्र नं. १(ख)का प्रदेशसभाका स्वतन्त्र उम्मेदवार राजाबाबु चौधरीको प्रचारक बनेका छन् । चौका बेलना चुनाव चिह्न पाएका चौधरीले ठेलागाडासहितको ऊँट भाडामा लिएर गाउँगाउँ हिँडाएका छन् । बिहीबारदेखि ४ दिन भाडमा लिएको उनका कार्यकर्ताले बताए ।

देख्दै नदेखेको अग्लो ऊँट देखेपछि गाउँले हेर्न ओइरिन्छन् उम्मेदवार चौधरीले भने, 'त्यसै बेला आफूले पर्चा पम्पलेट बाँडेर प्रचार गर्छु । प्रचारको राम्रो माध्यम बनेको छ' उनले भने 'संभवत् ऊँटमा प्रचार गरेको यो नेपालकै पहिलो हो ।' ऊँटमा पर्चा पम्पलेट लिएर उनको ५/६ जना कार्यकर्ता बस्छन् । गाउँ, चोक र बजार आउनासाथ रोकेर प्रचार सामग्री वितरण गर्छन् । 'कहिल्यै देखेको थिइनँ' दोहनीका मतदाता हरिशंकर चौधरीले भने, 'एक पटक हेर्नै ३ लालाबाला लिएर गएँ । अनौठो लाग्यो' उनले भने 'चुनावकै बहाना ऊँट हेर्न पाइयो ।' ४ महिना बढी लगाएर ऊँट नेपाल आएको हो ।

प्रकाशित : मंसिर १४, २०७४ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?