माघमा पनि रोपाइँ !

रासस

पथरी — माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ ।

मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन् ।

Yamaha

रंगेलीका ६५ वर्षीय नारायणप्रसाद केवरतले विगत ३५ वर्षदेखि १० बिगाहा खेत अधिँयामा लिएर धान खेती गर्दै आएका छन् । केवरतका अनुसार १० बिगाहा खेतमा दुई बाली धान मात्रै लगाउने गरेको र अरु समयमा खेत बाँझै छाड्ने गरिएको छ । उक्त खेतमा उनले घुटराज धान रोपिरहनुभएको छ उक्त रोपेको धान वैशाख अन्तिममा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोप्ने गरेको उनको भनाइ छ । अहिले खेती गर्न धेरै मेहनत गर्नुपर्ने र खर्चसमेत बढीनै गर्नुपर्ने भएको उनको भनाइ छ । सो खेतमा ६० मनदेखि ८० मनसम्म धान उत्पादन हुने गरेको छ ।

अहिले वैदेशिक रोजगारीले गर्दा खेतबारीमा काम गर्ने मजदूरसमेत नपाउने गरेको र मजदूर नहुँदा खेतीपाती गर्न समस्यासमेत परेको केवरत बताउँछन‍् । धान रोपिसकेपछि सो धानमा हाल्ने औषधि र मल नेपाल सरकारले समयमै उपलब्ध नगराउँदा कृषकले चर्को मूल्यमा किन्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ ।

सिँचाइका लागि मोटर लगाएर पानी हाल्नुपर्ने हुनाले विद्युत् आपूर्तिको समेत अभाव हुनाले खेती गर्न समस्या रहेको उनले बताए ।

प्रकाशित : माघ १९, २०७४ १७:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हृदयघातबाट किरियापुत्रीको मृत्यु

कान्तिपुर संवाददाता

गोरखा — बावुको किरिया बसेका गोरखा नगरपालिका–६ दरबारमार्गका ईश्वर अर्यालको शुक्रबार मृत्यु भएको छ । ९३ वर्षीय सूर्यनाथ अर्यालको निधनपछि ६० वर्षीय छोरा ईश्वर किरिया बसेका थिए ।

सोही क्रममा पधेंराबाट खाना खाएर फर्कने क्रममा लडेर उनी बेहोस भएको पारिवारिक स्रोतले जनाएको छ। उपचारकाको क्रममा उनको सदरमुकामस्थित एपोलो अस्पतालमा मृत्यु भएको हो।
हृदयघातका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित : माघ १९, २०७४ १७:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT