कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

८० बर्षअघि लोप भएको जीवलाई पुनर्जीवन दिने प्रयास

कान्तिपुर संवाददाता

काठमाडौँ — बैज्ञानिकहरु एउटा दुरुह लाग्ने काममा लागेका छन् । सन् १९३० मा विश्व बाटै लोप भएर गएको तस्मानियन टाइगरलाई वैज्ञानिकहरुले नयाँ जीवन दिन खोजेका छन् । झट्ट सुन्दा यो कुनै हलिउड फिल्मको कथा जस्तो लाग्छ, जहाँ लोप भएर गएको जीवलाई ‘क्लोनिङ’गरेर नयाँ जीवन दिइन्छ ।

८० बर्षअघि लोप भएको जीवलाई पुनर्जीवन दिने प्रयास

संसारबाटै लोप भएर गएको जनवारलाई पुन: नयाँ जीवन दिन सकिएला ? त्यसैलाई उत्पति गराउन सकिएला ?


बैज्ञानिकहरु त्यही दुरुह लाग्ने काममा लागेका छन् । सन् १९३० मा विश्व बाटै लोप भएर गएको तस्मानियन टाइगरलाई वैज्ञानिकहरुले नयाँ जीवन दिन खोजेका छन् । थ्यालिसाइनाडे प्रजातिको यो जीवको डिएनएलाई क्लोनिङ गराएर पृथ्वीबाट लोप भइसकेको यो जीवको नयाँ अवतार दिन लागिएको हो । झट्ट सुन्दा यो कुनै हलिउड फिल्मको कथा जस्तो लाग्छ, जहाँ लोप भएर गएको जीवलाई ‘क्लोनिङ’गरेर नयाँ जीवन दिइन्छ ।


संसारबाटै लोप भएर गएको जीवलाई पुन:नयाँ ढंगबाट निर्माण गर्नु कतिको नैतिकता हो ? के मानिस अब भगवान् जस्तै भएको हो त ? यो प्रश्नले अहिले चर्चा पाउन थालेको छ ।

विश्वको सबैभन्दा ठूलो हिंस्रक ब्वाँसाको रुपमा चिनिने यो तस्मानियन टाइगर अष्ट्रेलिया, तास्मानिया, न्यू गिनियाबाट सन् १९३० दशकमा लोप भएको थियो । करिब चार हजारभन्दा बढि रिर्पोटले पनि यसको पुष्टि गरेको छ । यो जीवलाई थ्यालिसन पनि भनिन्छ । वैज्ञानिकहरुसँग प्राप्त प्रमाणका अनुसार यो जीव लाजालू स्वभाव र यो कुकुरको जस्तै आकार भएको जीव हो । यो जीवको स्टिफ्ड टेल र कंगारोको जस्तै पेट हुन्छ । यो जीवमा माथिदेखि तलसम्म कालो टाटाहरु हुन्छन् ।


यदि थ्यालिसिनको जीवको जीनलाई क्लोनिङ गर्ने क्रममा वैज्ञानिकहरुले यसलाई पुन: संसारमा फर्काउन सफल भएभने जिउँदो जीवको जीनलाई क्लोन गरेर सोही जीवलाई निर्माण गर्न पनि सम्भव देखिन्छ । त्यसो भए जीवित जीवलाई नै क्लोन गरेर नयाँ जीवलाई बनाइदा व्यवहारिक तथा नैतिक रुपमा कतिको सम्भव छ ? लोप भएर गएको जीवलाई पुन: जीवन दिएर संसारमा ल्याउदा यसले पारिस्थितिकीय प्रणाली सम्बन्धिका सावलहरु पनि उठ्न सक्ला ।


बेलायती पत्रिका द गार्जियनको अनलाइन संस्करणका अनुसार थ्यालिसिन जीवनको डिएनएलाई क्लोनिङ गर्दै मेलवोर्न विश्वविद्यालयका प्रोफेसर एन्ड्रिय पाक्स भन्छन्, ‘संसारबाट लोप भएको थ्यालिसिन्सलाई पुन: संसारमा ल्याउन उचित हुन्छ । र, यो व्यवहारिक पनि देखिन्छ ।’


पहिले मानव जातिले यो जीवलाई शिकार गरेर लोप बनायो । यसलाई पुन: पृथ्वीमा ल्याउने जिम्मेवारी पनि मानव समुदाय कै हो । त्यसैले नीतिगत रुपमा पनि यो जीवलाई संसारमा ल्याउन जरुरी रहेको प्रोफेसर पाक्स बताउँछन् ।

थ्यालिसन जीवलाई पुन: संसारमा ल्याउने विषयलाई लिएर वैज्ञानिकहरुलाई ‘प्लेइङ गड’को संज्ञा दिइएको छ । नेसनल जोग्राफीले कभर हेडलाइन राख्दै भनेको छ,‘लोप भएका जनवारहरुलाई पुनर्जीवन दिन हामी सक्छौँ । के हामी बनाउने त?’


अर्को थरीका मानिसहरुले थ्यालिसनलाई संसारमा ल्याउने वैज्ञानिकलाई ‘प्लेइङ गड’को उपमा दिने विषय ढिला भइसकेको बताउँछन् । केप टाउनका वैज्ञानिकहरुले एक शताब्दीअघि लोप भएर गएको काला प्रजातिका जेब्रालाई पुन: जीवन दिएको घोषणा गरेका छन् । उनीहरुले उक्त जीवको नाम ‘क्वागा’ दिएका छन् । केप टाउनका वैज्ञानिकहरुले निर्माण गरेको क्वागा उही पुरानै जेब्रा भएपनि यसको सबै वंशाणुहरु पूर्ण रुपमा म्याच नभएको द गार्जियनले बताएको छ ।


लोप भएर गएका जीवहरुलाई संसारमा क्लोन तथा जेनेटिक ब्रिडिङको माध्यमबाट नयाँ जीवन दिइएपनि जनावरको व्यवहार, बासस्थान तयार गर्न कठिनाइ हुने धारणाहरु आएका छन् ।


जहाँसम्म थ्यालासिनको कुरा छ, विज्ञानले क्लोनको माध्यमबाट यसलाई बनाउन सकेपनि यो जीवको वंशाणुको स्वास्थ्य, वातवरण तथा हावापानीले असर पार्ने प्रष्ट छ ।


जीवहरुलाई क्लोनको माध्यमबाट बनाएपनि पृथ्वीको वर्तमान वातवरणमा बाँच्न सक्ने सम्भावना नदेखिएको गार्जिन पत्रिकाले लेखेको छ । क्लोनिङ विधिबाट निर्माण गरिएका यस्ता जीवहरुलाई चाहिने बासस्थान र हावापानी २१औँ शताब्दीमा नपाइने भएकाले यिनीहरुको बाँच्ने सम्भावना ज्यादै न्यून रहेको एकथरी विश्लेषकको मत रहेको छ ।


प्रकाशित : फाल्गुन ११, २०७४ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?