१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बाबु-आमा मृत्यु भएको ४ वर्षपछि बच्चाको जन्म

बीबीसी

चीन — अहिलेको युग प्रविधिको हो । त्यसैले त यो युगमा असम्भव भनेको प्राय: केही पनि छैन । चीनमा बाबु–आमा मृत्यु भएको चार वर्षपछि जन्मिएका बच्चाले त्यही तथ्यलाई पुष्टि गरिदिएको छ ।

बाबु-आमा मृत्यु भएको ४ वर्षपछि बच्चाको जन्म

सन् २०१३ मा एउटा सवारी दुर्घटनामा मृत्यु भएका दम्पतीले सुरक्षित साथ राखेको आफ्नो शुक्रकिट तथा डिम्बको प्रयोग गरी ‘सेरोगेसी’मार्फत बच्चा जन्मिएको हो । छोरी–छोरीको मृत्यु भएपश्चात आमा–बुवाले उक्त शुक्रकिट तथा डिम्बमाथि हक दाबी गर्दै लामो कानुन लडाइँपश्चात त्यसलाई प्राप्त गर्न सफल भएका थिए ।


उनीहरुले शुक्रकिट तथा डिम्बमाथि हक स्थापित गरे पनि चीनमा सेरोगेसी कानुनत: वैध नभएका कारण उनीहरुले त्यसलाई सडकमार्गबाटै छिमेकी देश लाओस पुर्‍याएका थिए । तरल नाइट्रोजनमा फ्रिज्ड गरिएको शुक्रकिट र डिम्बलाई कुनै पनि विमान कम्पनीको बोक्न नमाने पछि उनीहरुले सडकमार्ग प्रयोग गर्नुपर्ने बाध्यता परेको थियो ।


लाओसमा व्यावसायिक सेरोगेसी वैध भएकाले उनीहरुले शुक्रकिट र डिम्बलाई त्यहाँ लगेर सेरोगेट आमा मार्फत बच्चालाई जन्माएका थिए । उक्त बच्चा २०१७ डिसेम्बरमा जन्मिएकाे बताइएकाे छ ।


त्यसपछि पनि वंश अगाडि बढाउन लागि परेका दुई चिनियाँ दम्पति सामु अर्को बाधा आइपर्‍यो । त्यो थियो बच्चाको पहिचान स्थापित गर्ने । त्यसका लागि दुवै दम्पतिले आफ्नो रगत तथा डिएनए परिक्षण गराउनु परेको थियो । डिएनएले उक्त बच्चा दुई दम्पतिको नाति भएको पुष्टि गरेपछि भने उक्त बच्चाले आधिकारिक रुपमा चिनियाँ पहिचान प्राप्त गरेको हो ।

प्रकाशित : चैत्र २९, २०७४ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?