अभियान : सभासदलाई चिठी लेख्नुस्

प्रशान्त माली

भाइबहिनीहरू तपाईंहरूको अधिकारलाई नयाँ बन्ने संविधानमा सुनिश्चित गर्न बालबालिकाको राष्ट्रिय चिठी अभियान सञ्चालन भइरहेको छ ।

अभियान : सभासदलाई चिठी लेख्नुस्
यस अभियानमा सबै जातजाति, भाषाभाषी, श्रमिक, अपांगता भएका हिमाल, पहाड, तराई जुनसुकै क्षेत्रका भाइबहिनीहरूले आफ्नो अधिकारलाई संविधानमा समावेश गराउन सभासदहरूलाई व्यक्तिगत रूपमा चिठी लेख्न सक्नुहुनेछ । १८ वर्षमुनिका भाइबहिनीहरूको अधिकारलाई संविधानमा सुनिश्चित गर्न बालअधिकारका लागि काम गर्ने संघसंस्थाहरू लागि परेका छन् । तपाईंहरूले लेखेको चिठी सिविन-नेपाल नामक संस्थाले सभासदहरूलाई बुझाउनेछ ।
तपाईंहरूले लेखेको चिठी प्रतिवेदन बुधबार सिविन नेपालद्वारा स्टाफ कलेज जावलाखेलमा आयोजित एक समारोहमा संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति सभापति विष्णुप्रसाद पौडेल र सभासदहरूलाई हस्तान्तरण गरिएको थियो ।
समारोहमा सभापति पौडेलले बालमैत्री संविधान बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । बालबालिकाको स्वास्थ्य, शिक्षा, मनोञ्जन, खेलकुद लगायत आधारभूत आवश्यकता नयाँ बन्ने संविधानमा सुनिश्चित हुनुपर्छ, उनले भने । समारोहमा सिविन-नेपालका अध्यक्ष माधव प्रधानले देशैभरिबाट बालबालिकाले लेखेको चिठी कार्यालयमा आउनेक्रम जारी रहेको बताए । संविधानमा बालअधिकारको सुनिश्चितका लागि हामी प्रतिबद्ध भएर लागिरहेका छौ, उनले भने ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले शुभारम्भ गरेको अभियानमा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत, रुकुम, दाङ, पर्वत, बाग्लुङ, म्याग्दी, कास्की, मोरङ, सुनसरी, रौतहट, मकवानपुर, काभ्रेपाञ्चोक, दोलखा र काठमाडौं गरी १८ जिल्लाका १२ हजार बालबालिकाले सहभागिता जनाइसकेका छन् । १ सय ७७ विद्यालय, ९३ संघसंस्था, २ सय बाल क्लब र १२ बालगृहले चिठी लेखेका थिए ।

प्रकाशित : पुस २०, २०७१ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?