३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विद्यार्थी

कविता

काठमाडौं — एउटा हातमा कलम कापी अर्को हातमा झोला

भविष्यको कर्णधार विद्यार्थी नै होला

भविष्यको कर्णधार आजको ज्ञाता
जिन्दगीमा कति मिठो विद्यार्थीको नाता
कति ज्ञान होला त्यहाँ विद्यार्थीको मनमा
विद्यार्थी त बन्नुपर्छ राम्रो पलपलमा ।।

विद्यार्थी

एउटा हातमा कलम कापी अर्को हातमा झोला

भविष्यको कर्णधार विद्यार्थी नै होला

भविष्यको कर्णधार आजको ज्ञाता
जिन्दगीमा कति मिठो विद्यार्थीको नाता
कति ज्ञान होला त्यहाँ विद्यार्थीको मनमा
विद्यार्थी त बन्नुपर्छ राम्रो पलपलमा ।।

आज तिमी राम्रो बन भोलि ठूलो हुन्छौ
अनुशासित भई तिमी सफलता नि चुन्छौ
संसारमा प्रख्यात भई राम्रो मान्छे हुन
राम्रोसँग पढ तिमी सगरमाथा छुन ।।

बरालिएर हिँड्यौ भने पर्ला फेरि रुन
ठूलो मान्छे बन्नलाई लडाइँ गर्नुहुन्न
गुरुहरूले पढाएको राम्रोसँग सुन
अज्ञानतालाई छाडी तिमी ज्ञानलाई चुन ।।

मुहार कुरूप भए पनि मन शुद्ध गर
जिन्दगीमा केही गर्न अघि सर
विद्यार्थीको नाता तिमी गाँस सबैसँग
देश विकास गर्नुपर्छ नगर है भंग ।।

गर्नुहुन्न कसैलाई वर अनि पर
दु:खीहरूको सेवामा सहयोग गर्ने गर
ठूलालाई सम्मान गर सानालाई माया
दिनुपर्छ दु:खीलाई छाहारी र छाया ।।


देश विकास गर्नलाई राख हातमा हात
तिमी हामी सबै मिली दिऔं त्यसमा साथ
एकत्रित भई हामी गरौं देशको विकास
तब विद्यार्थीले चुम्छन सफलताको आकाश ।।
 ?श्वेता अधिकारी
कक्षा –७, बाँसबारी उमावि काठमाडौं ।

प्रकाशित : पुस १२, २०७२ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?