१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खितिती....खितिती....

शिक्षक : ल भन राम १ चिया खानु लाभदायक कि हानिकारक?


राम : अरूले खुवाए लाभदायक, अरूलाई खुवाउनु परे हानिकारक, सर।

बाबु : बाबु १ पीर नगर जाँचमा सोधिएको दसवटा हिसाबमा एउटा बिग्रियो भनेर किन पीर मान्छौ। अरू नौवटा प्रश्नको उत्तर त मिलेको होला नि १
छोरा : कहाँ बुबा १ बाँकी नौवटा त गर्नै भ्याइएन।

शिक्षक : अहिलेको घन्टीमा पढ्न अल्छी लागेकाहरूले हात उठाऊ।
विद्यार्थी : हस् सर, (रमेशले बाहेक सबैले हात उठाए)
शिक्षक : स्यावास रमेश १ कम्तीमा तिमी एकजना त जाँगिरिला रहेछौ।
रमेश : कहाँ हुनु सर, मलाई त हात उठाउनु पनि अल्छी लाग्यो।

(बसमा निकै भीड थियो। मौका छोपी एउटा केटाले केटीको हात समातेपछि)
केटी : ओ मिस्टर के गर्दै छौ?
केटा : म अहिले १० कक्षामा पढ्दै छु।

व्यापारी पिता : भन त बाबु, १२ पन्चे कति?
छोरा : असी, बुबा १
पिता : ठीक।
ग्राहक : तपाईं कस्तो? छोराले १२ पन्चे असी भन्दै छ, तपाईं भने ठीक भन्नुहुन्छ?
पिता : ठीकै त छ, पहिले १०० भन्थ्यो, अहिले ८० भन्यो, पछि ६०भनिहाल्ला नि १

प्रकाशित : पुस १०, २०७३ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?