कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुसीले रुनु न हाँस्नु भएँ

हाम्रो विद्यालयले आयोजाना गरेको तिरुपती तारा सिजन–१ लगभग दुई साता अघिदेखि नै सुरु भएको थियो।

खुसीले रुनु न हाँस्नु भएँ

विभिन्न राउन्डमा जस्तै अडिसन राउन्ड, ट्रयाक राउन्ड गरी लगभग ३० विद्यार्थी साथीहरूलाई उछिन्दै म अनि मेरा केही साथीहरू उत्कृष्ट ५ मा पर्न सफल भयांै। हामी उत्कृष्ट ५ मा पर्न सफल सबैलाई हाम्रा शिक्षकले विभिन्न चरणमा गाउनका निम्ति तालिम दिनुभयो। 

प्रतियोगिताको ग्रयान्ड फिनालेको दिन हामीले नेपाली राष्ट्रिय कलाकारहरूको अगाडि आफ्नो प्रस्तुति दिनुपर्ने थियो। गायक खेमराज गुरुङको सम्झनामा एक मिनेटको मौनधारण गरी उहाँलाई श्रद्धाञ्जली दियौं। चर्चित गायक उदेश श्रेष्ठ, पेमामान सिंह लामा साथै मेरो पनि अति प्रिय राजीव चित्रकार उर्फ किम बी एटको अगाडि आफूले पनि गाउनुपर्ने थियो। उहाँहरूजस्तो गायकगायिकाले तिरुपती तारा चयन गर्ने हुँदा म निकै नै उत्साहित थिएँ। कता कता नर्भस पनि भएको थिएँ। गायक हेमन्त रानाको ‘लैजा रे...’ बोलको गीत निकै दिन लगाएर सिकेको हँुदा त्यही गीत ग्रयान्ड फिनालेको दिन पनि गाएँ। मञ्चमा उक्लिँदासम्म पसिनाले भिजेको म गाउन सुरु गरेपछि अभिभावक, साथीहरूको ताली सुनेपछि भने मेरो आत्माबल ह्वात्तै बढेर आयो। 
आफ्नो प्रस्तुति सकेपछि म मञ्च पछाडि अन्य साथीहरूको साथमा परिणाम कुर्दै बस्यौं। लगभग केही मिनेटको पर्खाइपछि हाम्रो विद्यालयका सहप्रधानाध्यापक एवं गायक तेन्जिङले प्रतियोगिताको परिणाम भन्न थाल्नुभयो। सेकेन्ड रनरअप मेरै कक्षाको दिव्य गुरुङको नाम घोषणा गरियो। फस्र्ट रनरअपमा कक्षा ९ को प्रकाश दाइको नाम बोलाइयो। मलाई लाग्यो, अब त मेरो जित्ने कुनै सम्भवना नै छैन ठान्दै निराश भइसकेको थिएँ। फेरि सरले पनि विजेताको नाम घोषणा गर्न निकै घुमाई घुमाई बोलिरहनुभएको थियो। तर जब सरले नाम घोषणा गर्नुभयो तब म खुसीले रुनु न हाँस्नु भएँ। किनभने विजेता म नै बनेको रहेछु। मञ्चमा उक्लिएर मैले चर्चित गायकगायिकाको हातबाट पुरस्कार लिन पाउँदा परिश्रम गरे जस्तै काम पनि बन्दो रहेछ भन्ने थाहा पाएँ।

 

- पासाङ नुरु शेर्पा, कक्षा–५, तिरुपती बोर्डिङ स्कुल

प्रकाशित : पुस १०, २०७३ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?