फुर्सदमा पढौं

बाल उपन्यासहरू बाल मनोविज्ञानमा आधारित हुन्छन् । ‘बालु’ नामक बाल उपन्यास आर्थिक अवस्था कमजोर भएको एक बालकले गरेको संघर्षमा आधारित छ ।

फुर्सदमा पढौं

बालु पढेपछि


यस उपन्यास निकै मार्मिक, रोमाञ्चक र ज्ञानवद्र्धक रहेको छ । यस उपन्यासको भित्रसम्म पुग्न सक्यौं भने हाम्रो समाजको सामाजिक दुव्र्यवस्थाको चित्रण गरिएको भेट्न सक्छौं ।
एक परिवारलाई सुखी परिवार बनाउन त्यस परिवारको सबै सदस्यहरूले एक अर्काको दु:खसुखमा साथ दिई जीविका चलाउनुपर्छ । आफ्नो छोराछोरीको उज्ज्वल भविष्यका लागि तथा शारीरिक एवं मानसिक वृद्धि विकासका लागि अभिभावकहरूले पारिवारिक वातावरण मैत्रीपूर्ण र सहयोगी बनाउन आवश्यक हुन्छ र छोराछोरीहरूले पनि आफ्नो र आफ्नो परिवारको अवस्थालाई बुझेर असल बन्न सक्नुपर्छ भन्ने सन्देश यस उपन्यासले दिएको छ ।
आफू सानै भए तापनि परेको बेलामा ठूलाठूला कामहरू गर्न सक्ने सामथ्र्य राख्नुपर्छ । समाजमा कहिल्यै अनावश्यक झुक्नु हुँदैन र आफूले केही सामाजिक दुव्र्यवहार देखेमा चुप लागी हातमा दही जमाएर बस्नु हुँदैन । जीवजन्तुलाई माया गर्न सके उनीहरूले पनि प्राय: माया दिन्छन् । आफू जिज्ञासु बन्न सकियो भने धेरै कुरा सिक्न सकिन्छ । साथी बनाउँदा जहिल्यै असल साथी बनाउनुपर्छ र परेको बेला सहयोग पनि गर्नुपर्छ र आफूले गरिहरेको काम तनमन लगाएर गर्न सके सफलता पाइन्छ भन्नेजस्ता कुराहरू हामीले यस उपन्यासबाट लिन सक्छौं ।
पढाइ मात्र नभएर अतिरिक्त क्रियाकलापहरूमा पनि अग्रसरता बढाउन सके आफू अझ धेरै फुर्तिलो, अनुशासित र तीक्ष्ण भइन्छ । आफ्नो खराब बानीहरूलाई हटाउँदै असल बानी बसाल्न सक्नुपर्छ र धेरै मिहिनेत गरी पढेर आफ्नो देशको सेवा गर्नुपर्छ भनी यस उपन्यासद्वारा बाल साहित्यकार उषा हमालले शिक्षा दिने उद्देश्यसहित नेपालको बाल उपन्यास क्षेत्रको अभावलाई केही हदसम्म पूर्ति गर्नुभएको छ ।

आइश्रा कृस राई, कक्षा–८
सैनिक आवासीय महाविद्यालय, सल्लाघारी भक्तपुर ।

प्रकाशित : फाल्गुन १, २०७३ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?