खेल खेलौं

यो खेल सामान्यत: १० वर्षभन्दा माथिका बालबालिकाले खेल्न सक्छन् । यो खेलमा १ पटकमा प्रत्येक समूहमा १० जना पर्नेगरी २० देखि ४० जनासम्म खेलाडी सहभागी हुन सक्छन् ।

खेल खेलौं

हयुमन क्रोक्वेट रिल 

यो खेलका लागि १ सय मिटर लामो मैदान तथा खेल सञ्चालनका लागि १ जना सिटीसहितको रेफ्री चाहिन्छ ।
यो खेलका लागि सबैभन्दा पहिले १०–१० जना खेलाडीको २ देखि ४ वटा समूह बनाउनुपर्छ । खेलमा सहभागी पहिलो समूहका खेलाडीहरूले सिधा रेखामा पाइतलाले टेकेर हातको पन्जाले टेक्नुपर्छ । यस्तो अवस्थामा रहेका समूहलाई अर्को समूहले घुँडा र कुहिना टेकेर हात र खुट्टाको बीचबाट निस्कनुपर्ने हुन्छ । जुन समूहले हात र कुहिनाले टेक्दै हिँडेर निर्धारित दूरी सबैभन्दा पहिले पार गर्छ त्यही समूह विजेता घोषित हुन्छ । यसरी दौडिने क्रममा कुनै पनि खेलाडीको घुँडा र कुहिना दुवै टेकेकै हुनुपर्छ, अन्यथा त्यस्तो खेलाडी अयोग्य घोषित हुन सक्छ । 

प्रकाशित : फाल्गुन १, २०७३ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?