कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खितिती....खितिती....

श्याम : हलो, हरि ! मेलिङ एड्रेस बनाउँदा एउटा समस्या पर्‍यो के गर्ने ?

हरि : के समस्या पर्‍यो ?
श्याम : मैले a टाइप त गरेँ । तर त्यसलाई घेराभित्र बीचमा राख्ने कसरी ?


छोरा : बाबा ! म बाहिर जाँदा आमालाई सोध्न नपर्ने गरी त्यति ठूलो कहिले हुन्छु ?
बुबा : बाबु ! त्यति ठूलो त म पनि भएको छैन । तँ कहिले होलास् खै ?


(बसमा अपरिचित दुई यात्री यात्रा गर्दै थिए । तीमध्ये एउटा कान कम सुन्ने थियो ।)
यात्री १ : माफ गर्नुहोस् । म कान कम सुन्छु । तपार्इं अघिदेखि केही भन्दै हुनुहुन्छ क्या रे ! मैले त केही पनि सुनिनँ ।
यात्री २ : मैले केही भनेकै छैन । म त चुइँगम चपाउँदै छु !

प्रकाशित : फाल्गुन १५, २०७३ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?