खितिती.... खितिती....

एकजना गाउँले मानिस पहिलोपल्ट सहर घुम्न गएछ । सहरमा पुगेर ऊ होटलमा बास बसेछ । होटलमा उसले साहुजीलाई सोधेछ– साहुजी यहाँ खाना खाने समय कुन हो ?

साहुजीले भनेछ– नास्ता बिहान ८ बजेदेखि ११ बजेसम्म । दिउँसोको खाना १२ बजेदेखि २ बजेसम्म । बेलुकाको खाना ६ बजेदेखि ९ बजेसम्म । गाउँलेले छक्क पर्दै भनेछ– म त सहर घुम्न पो आएको त । यतिका समय नास्ता, खाना खानमै बित्छ भने घुम्नेचाहिँ कहिले त ?

प्रकाशित : वैशाख ३, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?