२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘फरफेक्ट’ पूर्णिमा

जगदीश्वर पाण्डे

पूर्णिमा थापा अहिले ९ वर्षकी भइन् । राजधानीको साउथ वेस्र्टन स्कुलमा कक्षा ४ मा पढ्ने यी छात्राले गत महिना आयोजित ‘किड क्विन कम्पिसिटन’ जितिन् । उपत्यकाका करिब ३ दर्जनभन्दा बढी स्कुलका बालबालिका सहभागी यो प्रतिस्पर्धामा पूर्णिमाले सबैलाई पछि पार्दै बाजी मारेकी हुन् ।

‘फरफेक्ट’ पूर्णिमा


तिमी ठूलो भएपछि के गछर्यौ ? यो प्रश्नको जवाफमा प्रतियोगितामा सहभागी अधिकांश नानीहरूले समाजसेवी, डाक्टर, इन्जिनियर वा कलाकार बन्छु भनेका थिए । तर पूर्णिमाको उत्तर थियो, ‘म भविष्यमा मुख्य सचिव बन्छु ।’ किन मुख्य सचिव भन्ने प्रश्नमा उनको तर्क थियो, ‘देशलाई भ्रष्टाचार मुक्त बनाउन प्रशासनमा बस्नेहरू स्वच्छ हुनुपर्छ । त्यसैले म मुख्य सचिव भएर भ्रष्टाचार रोक्न चाहन्छु ।’ ‘किड क्विन कम्पिसिटन’ मा अरू केके सिकियो त भन्ने प्रश्नमा पूर्णिमाको जवाफ छ, ‘कसरी बोल्नुपर्छ, कसरी अनुशासनमा बस्नुुपर्छ भन्ने सिकें । टाइम म्यानेजमेन्ट कसरी गर्नुपर्छ भन्ने पनि बुझें । यसबाहेक पनि अरू धेरै कुरा सिकियो ।’
पूर्णिमाले यो प्रतियोगिता जितेर आएसँगै विद्यार्थीहरूको मनोबल बढेको स्कुलका प्राधानाध्यापक मनोज आचार्यले बताए । उनले जित देखेर अरू विद्यार्थीलाई म पनि के गर्न सक्छु भन्ने हौसला मिलेको बताए ।
हेर्दा सानी र लजालु स्वभावकी यो स्कुलमा एलकेजीमा भर्ना भएदेखि अहिलेसम्म दोस्रो भएकी छैनन् । खुसी हुँदै पूर्णिमाकी आमा प्रतिमा बस्नेत थापा भन्छिन्, ‘सधैं पहिलो हो ।’

प्रकाशित : जेष्ठ २१, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?