सहारा

रोमाञ्चक जीवनको यात्रा सुरु गर्न
मानवता र सहअस्तित्त्वलाई सँगाल्न
आऊ, साथी अब विलम्ब नगरौं
एक अर्काको सहारा बन्न

रोमाञ्चक जीवनको यात्रा सुरु गर्न

मानवता र सहअस्तित्त्वलाई सँगाल्न
आऊ, साथी अब विलम्ब नगरौं
एक अर्काको सहारा बन्न
विश्वमै चर्चित देश नेपाल
उन्नति गर्दै बनेको छ स्वतन्त्रको हार
जहाँ रमेका छन् सम्पूर्ण नेपाली
बनी एकअर्काको ढाल
सहारा नै हो शान्तिको संकलन
जहाँ ज्ञानीका ज्ञान बनेका छन्
ज्ञानभूमिको पहिरन
उत्पत्ति हुने छ सधैं
सम्पूर्ण नेपालीमा साहसको मुहान
जसरी सूर्य कहिल्यै रिसाउँदैन
चन्द्रमाको प्रशंसा कहिल्यै रोकिँदैन
त्यसरी नै सधैं बन्नेछ, सहारा
सम्पूर्ण नेपालीको विशेष पहिचान
-सृष्टि बन्जारा, कक्षा– ९
इनोभेटिभ स्कुल, काठमाडौं

प्रकाशित : श्रावण २९, २०७४ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?