कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मेरो सानू भाइ

मलाई धेरै माया गथ्र्यो मेरो सानू भाइ
तातेताते गर्छु भन्थ्यो मेरो हात समाइ
हातमुख धुन खोज्थ्यो मैले जस्तै गरी
मेरो किताब पल्टाएर पढ्थ्यो बाह्रखरी

मलाई धेरै माया गथ्र्यो मेरो सानू भाइ
तातेताते गर्छु भन्थ्यो मेरो हात समाइ
हातमुख धुन खोज्थ्यो मैले जस्तै गरी
मेरो किताब पल्टाएर पढ्थ्यो बाह्रखरी
दूध, बिस्कुट खान खोज्थ्यो माम नखाने रे
मेरै स्कुल जान्छु भन्थ्यो अन्त नजाने रे
मम्मी भोक लाग्यो भन्दै भान्सातिर जान्थ्यो
तरकारी जे पकाए’नि काउली भन्ने ठान्थ्यो
मीठो मानी खान्थ्यो भाइले उसिनेको आलु
हप्काउँथ्यो कहिले मलाई बन्दै आफू ठालु
अहिले भाइ ठूलो भयो कुरा धेरै बुझ्छ
दिज्जु सँगै खेलौं भनी यताउति कुद्छ
मसँगै स्कुल जान्छ सँगै होमवर्क गर्छ
मैले किताब पढे मात्र भाइले किताब पढ्छ
कहिलेकाहीं दु:ख दिन्छ साहै्र बदमास बनी
कहिले फेरि हँसाउँछ जोकहरू भनी
मलाई साहै शून्य लाग्छ भाइ कतै जाँदा
उसको खुब याद आउँछ मीठो चीज खाँदा ।
सुमी खड्का, कक्षा : ९
ब्राइटफ्युचर मावि, नयाँ नैकाप, काठमाडौं

प्रकाशित : भाद्र २५, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?