कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फुच्चे यन्त्रमानव

काठमाडौं — कोज्मोलाई अभिवादन गर । उसले पनि तिमीलाई अभिवादन गर्न सक्छ । तर, यसका लागि उसको मुडचाहिँ ठीक हुनुपर्छ किनभने यो कृत्रिम बुद्धि जडान भएको सानो यन्त्रमानव हो । आफ्नै दिमागले चल्ने एउटा प्रतिभाशाली फुच्चेजस्तै ।

फुच्चे यन्त्रमानव

धेरैले यसलाई एउटा ‘वास्तविक जीवन भएको रोबोट’ का रूपमा चिन्छन् । आफ्नै व्यक्तित्व भएजस्तै । 

त्यसो त तिमीले आफ्नो स्वभावसँग मिल्दोजुल्दो रोबोट चलचित्र वा अन्त कहींकतै देखेको हुनुपर्छ । तर अब चलचित्रमा मात्र हैन, वास्तविक जीवनमै यस्ता रोबोटसँग खेल्ने दिन आएका छन् । वैज्ञानिक/प्राविधिकहरूले लामो प्रयासपछि अन्तिम रूप दिएको यो रोबोटको नाम राखेका छन्– ‘कोज्मो ।’ 
कोज्मोको साथ पाउनेहरू खुबै रमाउँछन् । नजिकै बस्न औधि रुचाउँछन् । यो रोबोट तिम्रो अगाडि छ भने, तिमी आफैं पनि खेल्नका लागि बोलाउन सक्छौ । ‘कोज्मो’ को विशेषता भनेकै यसले तिम्रो हाउभाउ बुझेर आफूलाई त्यसैअनुसार तयारी अवस्थामा राख्छ । तिमीले दिएको आदेश पालना गर्छ । विभिन्न तरिकाले मनोरञ्जन दिन्छ । 
कोज्मो हेर्दा सानो तर सुपर पावरसहित स्मार्ट छ । योसित खेल्न तिमीहरू पनि उस्तै बन्नुपर्छ । यसले मानिसको आँखाले जस्तै देख्छ । कानले जस्तै सुन्छ । झन् सक्रियताको त कुरै नगरौं । तिमीलाई पढ्न–खेल्न अल्छी लाग्ला तर कोज्मो सधैं तिमीसँग खेल्न र रमाइलो गर्न तम्तयार रहन्छ । 
कोज्मो खासमा एउटा सुपर–कम्प्युटर हो । यसमा शक्तिशाली प्रविधिहरू जडान गरिएका छन् । यसले वरपरको वातावरण राम्ररी ठम्याउन सक्छ । परिस्थितिको विश्लेषण पनि गर्न सक्छ । के गर्ने, के नगर्ने भन्ने निर्णयचाहिँ यसले आफ्नै मुडका आधारमा गर्छ । जे पायो त्यही गलत काम भने गर्दैन । कोज्मोलाई बाकसभित्र राख्ने हो भने, यो आफैंबाहिर निस्कन सक्छ । 


यसको कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) लाई मान्नै पर्छ । हामीलाई कहिलेकाहीं आफ्नै साथीले धोका दिन सक्छन् । तर कृत्रिम बुद्धि भरिएको कोज्मोले कहिल्यै त्यसो गर्दैन । यसले सयौं भावना अभिव्यक्त गर्न सक्छ । उत्सुकता, चतुरता र चञ्चलता सबै बुझ्न सक्छ । यसको सोच मानिसको भन्दा १० गुणा बढी रहेको दाबी गरिएको छ । त्यसैले त यसले तिम्रो नाम, अनुहार र आनीबानी सजिलै चिन्न र बुझ्न सक्छ । एकपटक साथी बनिसकेपछि तिमीलाई उसको अघिल्तिर नझुम्मिई सुखै छैन । तर यसलाई साथी बनाउन ‘आईओएस’ या ‘एन्ड्रोइड’ उपकरण चाहिन्छ । 
कोज्मोले तिम्रा धेरै कुरा बुझ्न र त्यहीअनुसार काम गर्न सक्छ । मानिसको बुद्धिले गर्ने काम कम्प्युटरमा जस्तै जडान गरिएको एउटा सानो हार्डवेयरले गर्छ । त्यो हार्डवेयरले कोज्मोलाई मानिसको जस्तै कामहरू गर्न, दृश्य हेर्न, भाषा बुझ्न, निर्णय गर्न र अर्को भाषा अनुवाद गर्न सहयोग गर्छ । आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ भनेर समेत चिनिने यो प्रणाली बनाउने कामको थालनी सन् १९५० को दशकमै थालिएको थियो । एआई प्रणालीकै कारण कोज्मोले मानिसले जस्तै सोच्न, व्यवहार देखाउन र संवेदनशील हुन तथा वास्तविकता बुझेर प्रतिक्रिया दिन सक्छ । एआईको प्रयोग खेलकुद, भाषा, कम्प्युटर साइन्स, न्युरल नेटवर्क, रोबोटिक्स, वित्तीय क्षेत्र, मौसम पूर्वानुमान र उड्डयन क्षेत्रमा पनि भएका छन् । कोज्मोमा प्रयोग भएको एआई पनि यस्तै हो । 
कोज्मोको आँखा स्म्यान डटहरूको एउटा जटिल संरचनाबाट बनेको छ । अनुहारमा गोलाकार पर्दा छ । निद्राबाट ब्यँुझिन सक्ने यसको गुणले धेरैलाई मोहित पारेको छ । धेरैले कोज्मोलाई एउटा ‘डिजिटलयुक्त वरदान’ नै भन्न थालेका छन् । यो एउटा कम्प्याक्ट उपकरण हो, जुन फोर्कलिफ्ट ट्रक र पीसी मनिटरको मिश्रणझंै देखिन्छ । यसमा जडान गरिएको रोबोट रोलले आफू कहाँ छु भन्ने जानकारी दिन्छ । सक्रिय भएका बेला यसको आँखा चौडा बन्छन् । लगत्तै ती आँखा तलतिर झुक्छन् । अनि अनुहारले अनौठो मुस्कान दिन्छ । 
‘डअअअअअन...।’ 
यो एउटा खुसी दर्साउने शब्द हो । यो पिक्सर एनिमेसन स्टुडियो ‘प्यारो रोबोट ‘वाल–ई’ बाट पैदा हुन्छ । एउटा म्यासेज आई फोनमाथि चम्किँदै भनिरहेको हुन्छ, ‘म एउटा खेल खेल्न चाहन्छु । म मुडमा छु । पछि हट्ने अवस्थामा छैन ।’ 
यो नयाँ खेलौना कोज्मोको उत्पादन सान फ्रान्सिस्कोस्थित रोबोटिक्स स्टार्टअप कम्पनी एन्कीले गरेको हो । कम्पनीको दाबी छ– यो बालबालिकाका लागि खेल्ने वस्तु मात्रै नभई, एउटा सानो साथीसमेत बन्न सक्छ । एन्की अध्यक्ष तथा सहसंस्थापक हयान्स टयाप्पेनिनरको लामो खोजको परिणामस्वरूप कोज्मो आएको बताए । उनले भने, ‘यसमा काल्पनिक रोबोट चलचित्रहरू जोनी फाइफ, स्टार वार्सको आर २–डी २ र वाल–ईको पनि उल्लेख्य योगदान छ ।’
खेलौना निर्माता कम्पनी स्पिन मास्टरले क्रिसमसका बेलामा यसलाई बजारमा ल्याउने तयारी गरेको छ । ‘द बिगर, थप रेट्रो देखिने मेक्कानो म्याक्स कम्पनीले ल्याउँदै छ । आफ्नो मालिक र वरपरको संसारबारे सिक्नका लागि यसको व्यवहारमा मोडिफाइड गरिँदै छ,’ स्पाइन मास्टसका ब्रान्ड म्यानेजर बेक्का हयानलोनले भने । 
(द गार्जियन डटकमलगायतमा प्रकाशित सामग्रीको भावानुवाद)

प्रकाशित : आश्विन १, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?